काँग्रेसलाई समर्थन नगरेको राप्रपाको स्पष्टोक्ति

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाहलाई ५ करोडको गाडी उपहार दिने विवादास्पद उद्योगी कमल किशोर मालपानीका साझेदार चुन्नुप्रसाद पौडेलले राष्ट्रिय प्रजातन्त्र पार्टी, रुपन्देही क्षेत्र नम्बर २ का सभापति रामबहादुर थापालाई खरिद गरेको प्रमाणित भएको छ । राप्रपा जिल्ला समिति रुपन्देहीले यहि फागुन २१ मा हुन लागेको प्रतिनिधि सभाको निर्वाचनको सम्बन्धमा नेपाली कांग्रेस, रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवारलाई समर्थन नगरेको प्रष्ट पारेको छ ।
पार्टी अध्यक्ष सागरप्रताप राणाद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ – राप्रपाको तर्फबाट उम्मेदवार नभएको अबस्थामा पार्टीको जिल्ला कार्यसमिति समेतलाई कुनै पनि जानकारी नगराई क्षेत्रीय सभापतिले हस्ताक्षर गरेर नेपाली कांग्रेसका उम्मेदवारलाई चुनावमा समर्थन गरेको भन्ने कुरा पुर्ण रुपमा पार्टी संगठन नीति विपरित रहेको प्रस्ट पार्न चाहन्छु ।
बिज्ञप्तीमा अहिलेको सन्दर्भमा पार्टीले अहिलेसम्म आधिकारिक रुपमा कसैलाई पनि समर्थन नगरेको स्पष्ट पार्दै क्षेत्रीय समापतिले आर्थिक प्रलोभनमा परी आफ्नो एकल निर्णयबाट गरेको समर्थनलाई पार्टीका तर्फबाट खण्डन गरिएको छ । निर्वाचनको संमुखमा मतदाता प्रभावित पार्ने गरि गरिएको उक्त कार्यप्रति पुर्णरुपमा खेद प्रकट गर्दै राप्रपाको मतदातालाई विचलित नहुन पनि बिनम्र आग्रह गर्दछु – बिज्ञप्तीमा भनिएको छ ।
श्रोतका अनुसार रामवहादुर थापालाई आईतवार बिहान २५ लाखमा डिल गरेका थिए ।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img

सर्वाधिक पढिएका