‘म’

उदय कुमार मल्लिक

न त राम्रो दाइ हुन सके,
न त राम्रो भाइ ।
न त राम्रो छोरा हुन सके,
न त राम्रो ज्वाईं ।॥

न त राम्रो छोरा हुन सके,
न त राम्रो पिता ।
न त राम्रो काका हुन सके,
न त राम्रो भतिजा ।।

न त राम्रो सालो हुन सके,
न त राम्रो जेठान ।
न त राम्रो भिनाजु हुन सके,
न त राम्रो श्रीमान् ।।

न त राम्रो देवर हुन सके,
न त राम्रो जेठाजु ।
न त राम्रो ससुरा हुन सके,
न त राम्रो फुपाजु ॥

न त राम्रो नाती हुन सके,
न त राम्रो नाना।
न त राम्रो पोता हुन सके,
न त राम्रो बाबा ।

न त राम्रो मामा हुन सके,
न त राम्रो ठुलो बुवा ।
न त राम्रो भान्जा हुन सके,
न त राम्रो सानो बुवा ।।

न त राम्रो अभिभावक हुन सके,
न त राम्रो बच्चा ।
न त राम्रो झुठा हुन सके,
न त राम्रो सच्चा ।।

न त राम्रो प्रधान शिक्षक हुन सके,
न त राम्रो न राम्रो शिक्षक।
न त राम्रो निरीक्षक हुन सके,
न त राम्रो परीक्षक ।।

न त राम्रो राम्रो सचिव हुन सके,
न त राम्रो कोषाध्यक्ष ।
न त राम्रो उपाध्यक्ष हुन सके,
न त राम्रो अध्यक्ष ।।

न त राम्रो विद्यार्थी हुन सके,
न त राम्रो प्रशिक्षक ।
न त राम्रो खेलाडी हुन सके,
न त राम्रो व्यवस्थापक ।।

न त राम्रो राम्रो ग्राहक हुन सके,
न त राम्रो व्यापारी।
न त राम्रो कर्मचारी निजीको हुन सके,
न त राम्रो सरकारीको अधिकारी ॥

न त राम्म्रो विकेट किपर हुन सके,
न त राम्रो फिल्डर ।
न त राम्रो बलर हुन सके,
न त राम्रो ब्याटर ।।

न त राम्रो हुन सचिव सके,
न त राम्रो खरिदार।
न त राम्रो मुखिया हुन सके,
न त राम्रो बहिदार ।।

न त राम्रो अवधि,भोजपुरी, हिन्दी भाषिक हुन सके,
न त राम्रो मैथिली।
न त राम्रो अंग्रेजी भाषिक हुन सके,
न त राम्रो नेपाली ।।

न त राम्रो बुद्ध हुन सके,
न त राम्रो बुद्ध ।
न त राम्रो मिलनसार हुने सके,
न त गर्न सके राम्रो युद्ध ।।

न त राम्रो गायक हुन सके,
न त राम्रो लेखक ।
न त राम्रो दर्शक हुन सके,
न त राम्रो निर्देशक ।।

न त राम्रो गणित, व्यवस्थापनको हुन सके,
न त राम्रो विज्ञानको ।
न त राम्रो घोकन्ते हुन सके,
न त राम्रो ज्ञानको ।

खै ! के हुँ म ?
को हुँ म ?
के हुँ म !
को हुँ म !

नाती = छोरीको छोरा
नाना = आमाको बुवा
पोता = छोराको छोरा
बाबा = बुवाको बुवा

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका