बिहानीको घामले हाम्रो आँगनीमाछोयो,
ओछ्यौना छोडी तल अब आउ बाबुनानी ।
रुखको हांगाहांगा नाच्दै उफ्री गाए गीत,
बोलाउछन् चरा तिमीलाई गीत सुन्न आउ ।
चराहरु आई गर्छन् हेर “चिर्बिर चाँई चुँईँ,
टिप्छन् आँगनीका बिस्कुन मीठा चुनी चुनी ।
उषाकिरण तिमीलाई मिठो खुराक दिन्छे,
बिहानीको लालिमा झनैं रुप तिम्रो बाल्छे ।
बसेका छन् कोपिला ती शान्त शीत बोकी,
छुनुमुनु फक्रेका छन फूल्न मुस्कुराई ।
जाई, जुली, चमेलीले छर्छन् मिठो बास,
बिहानीको यी हावा हुन्छन् हेर सधै खास ।
बिहानीको न्यानो घामलाई साथी बनाउ,
बगैंचाका फूल र चरी चिर्बिरमा रमाउ ।
खेल खेली थाकेर घाम जान्छन् सुत्न साँझ,
आउँछन भोली भोरमा फेरि, संगै जुट्न ।









