मर्छु भन्दै गोक्यो ताल क्षेत्र पुगेका चिनियाँ नागरिकको उद्धार

गौतमबुद्ध सन्देश

काठमाडौँ । मर्छु  भन्दै सोलुखुम्बु स्थित गोक्यो ताल क्षेत्र पुगेका चिनियाँ नागरिकको प्रहरीले उद्धार गरेको छ । चिनियाँ नागरिक छुई हुवाङलाई मंगलबार एभरेष्ट हेलिकप्टरमार्फत उद्धार गरिएको पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपका डीएसपी रिपेन्द्र कुमार सिंहले बताए ।

३५ औँ जन्मदिनको दुई दिनअघि मर्न लागेको भन्दै उनले टिकटकमा पोष्ट गरेका थिए । हुवाङले पोष्ट गरेपछि परिवारले दूतावासमा त्यसबारे जानकारी गराए । उनी मे २५ मा लुक्ला हुँदै नाम्चे बजार तर्फ गएका डीएसपी सिंहले बताए ।

सोलुखुम्बुबाट काठमाडौँ ल्याएर प्रहरीले उनलाई दूतावासको जिम्मा लगाउने तयारी गरेको छ ।  हुवाङ गोक्यो स्थित थाङ्का इनमा बस्दै आएका थिए ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका