दोस्रो ओमसतिया महोत्सव सुरु

गौतमबुद्ध सन्देश
भैरहवा, २४ माघ ।
रुपन्देहीको ओमसतिया गाउँपालिका–६ स्थित नरैनापुरमा शुक्रबार गतेदेखि दोस्रो ओमसतिया कला, संस्कृति, खेलकुद, उद्योग, व्यापार तथा कृषि प्रबद्र्धन महोत्सव–२०७६ सुरु भएको छ । श्री रामजानकी मन्दिर रंगशाला, सभाहल व्यवस्थापन समितिको आयोजना तथा ओमसतिया गाउँपालिका र …

Read more

आज नेपाल र नेदरल्याण्ड्स भिड्ने

गौतमबुद्ध सन्देश
भैरहवा, २० असोज ।

ओमानमा जारी पाँच देशको टी २० क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले आज बलियो टिम नेदरल्याण्ड्सको सामना गर्दैछ ।

ओमान क्रिकेट एसोसियसनको टर्फ मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेबाट सुरु हुनेछ …

Read more

महिला टी–ट्वान्टी वरियतामा नेपाल १५औं स्थानमा

काठमाडौं, ।
महिला टी–ट्वान्टी क्रिकेट वरीयतामा नेपाल एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान तह खस्किएको हो ।
१४औं स्थानमा रहेको नेपाल एक स्थान तल झर्दै १५औं स्थानमा पुगेको …

Read more

परामर्शपछि ओलम्पिक कमिटी चुनाव

काठमाडौं, २४ भदौ ।
सर्वोच्च अदालतबाट ग्रिन सिग्नल पाएपछि नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचन हुने भएको छ । सर्वोच्च अदालतले गत साता जारी गरेको आफ्नै अन्तरिम आदेशलाई खारेज गर्दै एनओसीको निर्वाचन गराउन सक्ने वातावरण बनाइदिएको हो ।
योसँगै एनओसीले …

Read more

नेपाल उज्वेकिस्तानसँग पराजित

गौतमबुद्ध सन्देश
भैरहवा, २४ भदौ ।
किर्गिस्तानमा जारी नाझ्दा फटबल प्रतियोगिताको दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला टोली उज्वेकिस्तानसँग पराजित भएको छ । सोमबार भएको खेलमा नेपाल २–० पराजित भएको हो ।
पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफको …

Read more

पारससँग क्रिकेट सिक्दै रमाए विद्यार्थी

प्रकाश न्यौपाने
भैरहवा, ८ भदौ ।
तिलोत्तमा नगरपालिकामा रहेको नमस्ते एकेडेमीमा अध्ययनरत रंजित मौर्य र आविष्कार ज्ञवालीले यसअघि कुनै एकेडेमी वा विद्यालय कहीकतै क्रिकेट सिकेका थिएनन् । घरमा ब्याटमा बल हान्दै क्रिकेट सिक्ने कोसिस गर्थे । कहिलेकाहीँ स्कूल विदाका दिन …

Read more

सौभाग्य क्लब विजयी

टोपराज शर्मा
बुटवल, १७ असार ।

सौभाग्य युवा क्लब बुटवलले रुपन्देहीको तिलोत्तमामा जारी प्रथम तिलोत्तमा मेयर कप फुटबल प्रतियोगिताको अन्तिम आठमा स्थान सुरक्षित गरेको छ । तिलोत्तमा–१ चपरहट्टी खेल मैदानमा सोमबार भएको खेलमा सौभाग्यले थ्रीस्टार युवा क्लब सैनामैनालाई ६–४ गोल …

Read more

तिलोत्तमा मेयर कप : डीएमसी अन्तिम आठमा

टोपराज शर्मा

बुटवल, १६ असार ।

रुपन्देहीको तिलोत्तमामा जारी प्रथम तिलोत्तमा मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको तेस्रो खेलमा दुर्गा मन्दिर क्लब (डीएमसी) तुल्सीपुर विजयी हुंदै अन्तिम आठमा स्थान पक्का गरेको छ । तिलोत्तमा–१ चपरहट्टी खेल मैदानमा आइतबार सम्पन्न …

Read more

आफै रकम जुटाएर तिलोत्तमा मेयर कप फुटबल

टोपराज शर्मा
बुटवल, ११ असार ।
हालसालै स्थापना भएको तिलोत्तमा फूटबल एकेडेमीले संस्थाको पहिचान र फुटबल खेलको विकासका लागि खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्ने सोंच अघि सा¥यो । जसका लागि कम्तीमा १५ लाख रुपैयां आवश्यक पथ्र्यो । तर संस्थाको कुनै …

Read more