एएफसी अवार्ड रद्द साउन ४,

काठमाण्डाै – एसियाली फुटबल महासङ्घ (एएफसी) ले दिने एएफसी अवार्ड रद्द भएको छ । कतारको दोहामा हुने भनिएको अवार्ड कोरोना महामारीका कारण रद्द भएको हो ।
कतार फुटबल एसोसिएशनसँगको सहकार्यमा आउँदो नोभेम्बर महिनामा अवार्ड कार्यक्रम हुने तय भएको थियो । …

Read more

टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडीसहित २६ जनाको सहभागिता रहने

असार ३०,काठमाण्डाै ।

जापानमा हुने टोकियो ओलम्पिकमा नेपालबाट २६ सदस्यीय टोलीले सहभागिता जनाउने भएको छ । नेपाल ओलम्पिक कमिटीले टोकियो ओलम्पिकमा नेपालबाट खेलाडी, प्रशिक्षक र पदाधिकारी गरेर २६ सदस्यीय टोली सहभागी हुने जनाएको हो । टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी, …

Read more

इंग्ल्याण्डलाई हराएर इटाली युरो कप च्याम्पियन

असार २८,काठमाडौं ।

घरेलु टोली इंग्ल्यान्डलाई हराउाँदै इटालीले युरो कप फुटबलको उपाधि जितेको छ। गएराति राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो।

उपाधिसँगै इटालीले दोस्रो पटक युरो कपको उपाधि जितेको छ। यस …

Read more

अर्जेन्टिनाका मार्टिनेज कोपाको उत्कृष्ट गोलकिपर

२७ असार, काठमाडौं ।

अर्जेन्टिनाका एमिलियानो मार्टिनेज कोपा अमेरिका २०२१ को उत्कृष्ट गोलकिपर घोषित भएका छन् । अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जित्दा गोलकिपर मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरेका थिए । आइतबार बिहान भएको फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई उसैको मैदानमा १-० …

Read more

ब्राजिललाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबलको च्याम्पियन

असार २७, काठमाण्डाै ।

घरेलु टोली ब्राजिललाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आज बिहान भएको फाइनल खेलमा ब्राजिललाई १–० गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले खेलको २२ औं मिनेटमा गरेको …

Read more

युरो कप फाइनल : इंग्ल्याण्ड इटाली भिड्दै

असार २७,काठमाडौं ।

युरोकप फुटबलको फाइनल खेल आज (आइतबार) राति हुँदैछ । वेम्बली स्टेडियमा हुने फाइनलमा इंग्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल राति १२ः४५ बजे सुरु हुनेछ।​

इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न लागेको हो। एक पटकको च्याम्पियन …

Read more

पाकिस्तानसँगको तीन खेलको एक दिवसीय क्रिकेट श्रृङ्खला इङ्ग्ल्यान्डलाई

असार २७,
काठमाण्डाै ।

पाकिस्तानसँगको तीन खेलको एक दिवसीय क्रिकेट श्रृङ्खला एक खेल अगाडि नै इङ्ग्ल्यान्डले जितेको छ । लड्र्समा भएको दोस्रो एक दिवसीयमा पाकिस्तानलाई ५२ रनले हराउँदै इङ्ग्ल्यान्डले श्रृङ्खला जितेको हो।इङ्ग्ल्यान्डले २–० को अग्रता बनाएको छ ।

इङ्ग्ल्यान्डले दिएको …

Read more

टोकियो ओलम्पिकमा दर्शक नहुने

असार,२५ – काठमाडौं । विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा दर्शक नराखिने भएको छ । यही जुलाई २३ देखि जापानमा शुरु हुने टोकियो ओलम्पिक दर्शक विना नै हुने भएको हो ।
कोरोना महामारीलाई ध्यानमा राख्दै ओलम्पिकमा दर्शकलाई प्रवेश नदिइने निर्णय गरिएको हो …

Read more

एएफसी यू–२३ एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा ,

असार २५, काठमाण्डाै – एएफसी २३ वर्षमुनिको एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । एएफसीले आज शुक्रवार सार्वजनिक गरेको छनोटको समूह विभाजनमा नेपाल समूह ‘बी’ मा परेको हो ।
नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् …

Read more

खेलाडीको उपचारका लागि राखेप र ट्रमा सेन्टरबीच सम्झौता ,

असार २५,काठमाण्डाै – राष्ट्रिय खेलकुद परिषद् (राखेप) र ट्रमा सेन्टरबीच खेलाडीको उपचारका लागि सम्झौता भएको छ । नेपाल खेलकुद महासङ्घको पहलमा राखेप र ट्रमा सेन्टरबीच खेलाडीको उपचार सम्झौता भएको हो ।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र ट्रमा सेन्टरका निमित्त प्रमुख …

Read more