मेयर कप सुरु : तिरुपति र खुकरी क्लब विजयी

गौतमबुद्ध सन्देश

भैरहवा, १९ वैशाख ।
सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा रुपन्देही क्रिकेट संघको समन्वयमा बुधबारबाट दोस्रो मेयर कप टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । उद्घाटन सत्रमा भएको पहिलो खेलमा तिरुपति क्रिकेट क्लब र लुम्बिनी खुकुरी क्रिकेट क्लब विजयी भएका छन् । तिरुपतिले शिवशक्ति क्रिकेट क्लबलाई २९ रन र खुकुरीले साई ग्लोबल क्रिकेट क्लबलाई ६ विकेटले पराजित गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको तिरुपतिले निर्धारित खेलमा १०.१ ओभरमा सबै विकेट गुमाई १ सय २७ रन बनायो । जसमा प्रकाश केसीले ३७, तुल बहादुर थापाले २३ र देव खनालले १५ रनको योगदान गरे । बलिङमा शिवशक्तिका सुनिल पौडेल, याम क्षेत्री, अख्तर हुसेन र विधान सुनारले समान २–२ तथा सुशान्त खरेलले १ विकेट लिए ।

प्रत्तिउत्तरमा शिवशक्तिले १८.२ ओभरमा सबै विकोट गुमाएर ९८ रन मात्रै बनाई हार व्यहो¥यो । उसलाई सस्तैमा समेट्न बलिङमा म्यान अफ द म्याच समेत रहेका तिरुपतिका रविन क्षेत्रीले ४ विकेट लिए । त्यस्तै तुल बहादुर थापाले २ तथा संदीप सुनार, शौरभ खनाल र विक्रम भुसालले १–१ विकेट लिए ।

अर्को खेलमा टस जितेर ब्याटिङ रोजेको साई ग्लोबलले १८.४ ओभरमा सबै विकेट गुमाई ८६ रन मात्रै बनायो । उसका लागि इमरान खानले सर्वाधिक १८ रन बनाए भने आसुतोष पासवानले १७, अजय रसाइलीले १२ रन बनाए । बलिङमा खुकुरीका रमेश कुर्मीले ३, दुर्गेश गुप्ताले २ तथा साहव आलम र मानबहादुर थापाले १–१ विकेट लिए ।

प्रतिउत्तरमा खुकुरीले ४ विकेट क्षतिमा १२.३ ओभरमा ८९ रन बनाउँदै लक्ष्य पुरा ग¥यो । उसका लागि संदीप रजालीले ३५ र मिर्नाल गुरुङले २० रनको योगदान गरे । बलिङमा साई ग्लोबलका दुर्गेस कुर्मीले ३ र अर्जुन गिरीले १ विकेट लिए । खुकुरीका दुर्गेश गुप्ता म्यान अफ द म्याच भएको मूल आयोजक समिति संयोजक सतिष प्रसाद मर्सानीले जनाए । बिहीबार पहिलो खेल मास्टर्स–११ क्रिकेट क्लब र लर्ड बुद्ध क्रिकेट क्लब तथा बुम एमसीसी क्रिकेट क्लब र बुद्ध क्रिकेट क्लब बीच प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द सिरिजले १० तथा बेष्ट बलर र बेष्ट ब्याट्सम्यानले ५–५ हजार एवं प्रत्येक दिनको म्यान अफ द म्याचले १–१ हजार प्राप्त गर्नेछन् । ८ क्लब सहभागी प्रतियोगिता वैशाख २५ गते सम्म चल्नेछ ।

यस अघि खेलको उद्घाटन गर्दै नगर प्रमुख हरि प्रसाद अधिकारीले खेलकुदको विकासमा नगरपालिका सधै दृढ भएर अघि बढ्ने बताए । उनले सिद्धार्थ रंगशाला समयमै निर्माण सम्पन्न गर्न पहल गर्ने जनाए । उपप्रमुख उमा काफ्लेले खेलले नै राष्ट्रलाई चिनाउने भएकाले सबैले खेल क्षेत्रको विकासमा लाग्नुपर्ने बताइन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *