जनउत्थानको सहकारी अवलोकन भ्रमण

गौतमबुद्ध सन्देश
भैरहवा, १८ वैशाख ।

जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा–१५, कोटिहवा, रुपन्देहीले पूर्वी जिल्लाहरुमा रहेका सहकारी संस्थाहरुको तीन दिने अवलोकन भ्रमण गरेको छ ।

अन्य सहकारीहरुको अनुकरणीय अभ्यास बारे अनुभव संकलन गर्न र सहकारीमा सञ्चालकहरुको जिम्मेवारी तथा सक्रिय भुमिकाको लागि उत्प्रेरित गर्ने उद्धेश्यले सहकारी अवलोकन भ्रमण गरिएको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ज्ञानु पौड्यालले बताइन् । संस्थाको सञ्चालक, लेखा तथा विभिन्न उपसमितिका पदाधिकारीहरु लगायत भावी सम्भावित सञ्चालकहरुलाई पालैपालो उनीहरुको क्षमता अभिवृद्धिको लागि हरेक वर्षको वार्षिक बजेटमा विनियोजन गरिए अनुसार विविध तालिम तथा अवलोकन भ्रमण राखिएको पौड्यालले जानकारी दिइन् ।

पूर्वी जिल्लाहरु सुनसरी, धनकुटा र झापामा रहेका सहकारी संस्थाहरुको अवलोकन गरिएको जनउत्थान साकोसले जनाएको छ । जसअनुसार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरी, महारानी झोडा साना किसान कृषि सहकारी संस्था गौरादह, किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुनसरी र कृषि अनुसन्धान केन्द्र पाख्रीवासको अवलोकन गरिएको जनउत्थान साकोसका व्यवस्थापक रन बहादुर थापाले बताए । भ्रमणमा सहकारी संस्थाका सञ्चालक समिति, लेखा, विभिन्न उपसमिति र कर्मचारी गरी ३६ जनाको सहभागिता रहेको सञ्चालक समिति सदस्य तथा भ्रमण संयोजक यम बहादुर के.सी.ले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *