‘बुटवल–भैरहवा–लुम्बिनी मेघा सिटी’

गौतमबुद्ध सन्देश
बुटवल, १८ बैशाख ।

बुटवल उपमहानगरपालिकाले एकिकृत शहरी गुरुयोजना निर्माणपछि थालिएका कामको प्रभाबकारिता बढ्दै गएको दावी गरेको छ । नगरले भौतिक विकास र मानवीय विकास एकैपटक हुनुपर्ने मान्यता बोकेर गुरुयोजना बनाएर काम गरिरहेको नगर प्रमुख शिबराज सुबेदीको भनाइ छ । बुटवलको भविश्य सुन्दर रहेको भन्दै बुटवल–भैरहवा–लुम्बिनी मेघा सिटीका रुपमा बिकास गरिने उनले बताए ।

रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मेयर सुबेदीले आफूहरुको अहिलेसम्म १ बर्ष १० महिना कार्यकाल बिताउँदा योजनाबद्ध रुपमा काम गरेको जिकिर समेत गरे । उनले धेरै कामहरु सही बाटोमा आएको भन्दै तत्काल रिजल्ट नदेखिए पनि भभिष्यमा अहिले गरेका कामका प्रगति र उपलब्धि देखिने बताए ।

उनले बिकासको आधारको पहिचान गरिएको भन्दै पर्यटन, कृषि,उद्योग र ब्यापारलाइ नै मुख्य प्राथमिकतामा राखिएको बताए । ‘स्रोतको पहिचान, सम्पदाको बिकास सम्बद्र्धनमा हामी लागेका छौं, हिजो लाखमात्रै आम्दानी नहुने मणिमुकुन्द सेन उद्यान फूलबारीबाट अहिले साढे ३ करोड भन्दा बढी आम्दानी हुन थालेको छ’, उनले भने । अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल बेलहिया सिक्स लेन, बुटवलको सम्मेलन केन्द्र, डेढ अरबको प्रदर्शनी स्थल, तिनाउ दानव तटबन्ध, भूमिहीन अब्यवस्थित बसोबासीको ब्यस्था, बुटवलका बाइपास सडकहरु अहिलेका उपलब्धि भएको सुबेदीको भनाइ छ ।

बुटवलको पार्किङ समस्या ३ वर्षभित्र सकिने भन्दै उनले पार्किङ भवन बनाउन लागेको समेत बताए । सडक निर्माणमा अक्सवाल प्रबिधिको प्रयोग गरिएको उनको भनाइ छ । उनले केही चुनौती रहेको भन्दै पूर्वाधारमा धेरै खर्च, बहुबर्षीय योजना बनाउनुपर्ने लगायतको अप्ठ्यारा भएको सुनाए । आब ०७६÷०७७ का लागि १ अरब ८४ करोडको बजेट सिलिङ तयार पारिएको उनले जानकारी दिए । राष्ट्रिय गौरवका आयोजनालाइ ढुंगा गिटी किन नदिएको भन्ने पत्रकारको प्रश्नमा मेयर सुबेदीले भने, ‘आयोेजनाको स्टीमेट अंक के हो, आधार के हो ? बिचौलियाले धेरै खाएकाले कारबाही गरिएको हो ।’ क्लवका प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रदेश सदस्य कपिल ज्ञवालीले गरेका थिए ।

Facebook Comments