मगर राष्ट्रिय परिषद् प्रदेश संयोजक चयन

गौतमबुद्ध सन्देश
बुटवल, १८ बैशाख ।

मगर राष्ट्रिय परिषद् संघीय समितिको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकमा संगठन बिस्तारका साथै सबै प्रदेशका संयोजकको पनि टुंगो लगाइएको छ । जसमध्य प्रदेश नं १ को संयोजकमा देबबहादुर मगर, प्रदेश नं २ को संयोजकमा कुमार सस्लीङ् मगर (महोत्तरी), प्रदेश नं ३ को संयोजकमा कोमलबहादुर मगर (रामेछाप), प्रदेश नं ४ को संयोजकमा मञ्जु थापा मगर (गोर्खा), प्रदेश नं ५ को संयोजमा चोपलाल राहुल मगर (कपिलवस्तु), प्रदेश नं ६ को संयोजकमा उवीलाल घर्तीमगर (जाजरकोट) र प्रदेश नं ७ को संयोजकमा कृष्ण बहादुर बुढामगर (कैलाली) लाई चयन गरीएको छ ।

साथै बिभागीय संयोजकमध्ये आर्थिक तथा प्रशासनिक बिभाग संयोजकमा बुद्धिराम ढेँगा मगर (नवलपुर), बिदेश बिभाग संयोजकमा नरबहादुर पुन मगर (बाग्लुङ्ग), अनुशासन तथा न्याय बिभाग संयोजकमा उविलाल घर्तीमगर (जाजरकोट) र प्रचारप्रसार तथा सञ्चार बिभाग संयोजकमा नम्सु सुनारी मगर (नबलपुर) लाई चयन गरिएको संयोजक बोम दर्लामी मगरले जनाए ।

कार्यक्रममा शुभकामना राख्दै प्रमुख अथिति नयां शक्ति पार्टी नेपाल प्रदेश ५ संयोजक कमल खनालले पार्टीले आदिवासी, जनजाति, दलित महिला मदेसीहरुको पहुँच र अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए । बैठकमा बोल्दै परिषद् केन्द्रीय अध्यक्ष बोम दर्लामीले आदिवासी जनजातिको पहिचान सहितको अधिकार दिने र सोही आधारमा राज्यको पुनःसंरचनामा नामाङ्कन, सिमाङ्कनका बारेमा बोल्ने नयाँ शक्ती पार्टी मात्रै रहेको बताए ।

Facebook Comments