मन्दिरलाई रोट्र¥याक्टको सहयोग

गौतमबुद्ध सन्देश

भैरहवा, ९ वैशाख ।

सिद्धार्थनगर नगरपालिका वडानम्बर २ मेउडिहवा, कालीमाई पथमा अवस्थित निर्माणाधिन श्री कालीमाता मन्दिरलाई रोट्रयाक्ट क्लब अफ लुम्बिनी, सिद्धार्थनगरले आर्थिक सहयोग गरेको छ ।

७५ प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा मन्दिरको थप निर्माण कार्यमा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको क्लबका सदस्य विकास जैसवालले बताए । सामाजिक क्षेत्रमा क्रियाशिल क्लबले श्री कालीमाता मन्दिर संरक्षण समितिलाई नगद ५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

रोट्रयाक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगरले मन्दिर निर्माणमा सहयोग गर्नु पुनित कार्य भएको मन्दिर संरक्षण समितिका अध्यक्ष शिवशंकर गुप्ताले बताए । यसअघि गौतमबुद्ध सन्देश दैनिकले सहयोगको पखाईमा कालीमाता मन्दिर शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

Facebook Comments