बुटिक तालिम सुरु

गौतमबुद्ध सन्देश

भैरहवा, ९ वैशाख ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ स्थित मणिग्राममा ३ महिने हाते कढाइ (बुटिक) तालिम सुरु भएको छ । ए फोर ट्रेनिङ सेन्टर प्रा.लि. भैरहवाको आयोजना तथा तिलोत्तमा नगरपालिकाको सहयोगमा तालिम सुरु भएको हो ।

तिलोत्तमा नगरपालिकामा स्थायी बसोबास गर्ने एकल महिलाहरुलाई सिपमुलक कार्यक्रम मार्फत आत्मनिर्भर बनाउने उद्धेश्यले तालिमको आयोजना गरिएको ए फोर ट्रेनिङ सेन्टर प्रा.लि.का प्रबन्ध निर्देशक हेमा बेल्बासे (के.सी.)ले बताइन् । तालिममा २५ जना सहभागिता रहने उनले जानकारी दिइन् । ए फोर ट्रेनिङ सेन्टर प्रा.लि.ले रुपन्देहीका विभिन्न स्थानीय तहहरुमा समेत विभिन्न किसिमका सिपमूलक तालिमहरु सञ्चालन गर्दै आएको संस्थाले जनाएको छ ।

तालिमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले सिपमूलक तालिमले आत्मनिर्भर बन्न सहयोग पु¥याउने बताए । सामाजिक परिचालक अल्पा घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्री, रेडियो लुम्बिनीका अध्यक्ष दुजेन्द्र बस्नेत, बुटिक तालिमका प्रशिक्षक पार्वती वाग्ले लगायतले बोल्दै सिप सिकेर स्वरोजगार बन्नुपर्नेमा जोड दिए ।

Facebook Comments