लायन्स बुद्धज्योतिमा नयाँ नेतृत्व

गौतमबुद्ध सन्देश
बुटवल, ८ वैशाख ।
लायन्स क्लब अफ तिलोत्तमा बुद्धज्योतिमा नयाँ नेतृत्व चयन भएको छ । क्लबको वर्ष २०१९।२०का लागि ज्ञानेन्द्र पोखरेलको अध्यक्षतामा नयाँ समिति चयन भएको हो ।

क्लबको आईपीपीमा भक्त बहादुर खड्का, प्रथम उपाध्यक्षमा नारायण पाण्डे, द्वितीय उपाध्यक्षमा केशर बहादुर थापा, तृतीय उपाध्यक्षमा गंगाराज सापकोटा र सचिवमा देव बहादुर कुंवर सर्वसम्मत चयन भएका छन् । त्यस्तै क्लब एड्मिनिस्ट्रेसनमा उपेन्द्र प्रसाद अधिकारी, कोषाध्यक्षमा कृष्ण प्रसाद पन्थी, ज्वाइन्ट सेक्रेटरीमा हिरा यादव, ज्वाइन्ट ट्रेजरमा मेख कुंवर, मेम्बरसिप चेयरपर्सनमा राजेन्द्र शर्मा, क्लब सर्भिस चेयरपर्सन विनोद भण्डारी र क्लब मार्केटिङ कम्युनिकेसन चेयरपर्सनमा टोपराज शर्मा चयन भएका छन् ।

क्लबको डाइरेक्टरमा कृष्ण पुन, रामप्रसाद पन्थी, हुतराज शर्मा, केशवराज पौडेल र हिरा गिरी, टेलटुइस्टरमा शोभाखर सुनार, अफिस एड्मिनिस्ट्रेसनमा आदर्श ज्ञवाली, टेमरमा बसन्त पाण्डे र सल्लाहकारमा शान्त कुमार कार्की चयन भएका छन् । क्लबले तिलोत्तमाको योगीकुटीमा करिब १५ लाख रुपैयां खर्चेर लायन्स स्मार्ट पार्क निर्माण गरेको छ ।

Facebook Comments