दुर्गा सामुदायिकमा शुभकामना आदानप्रदान

गौतमबुद्ध सन्देश
भैरहवा, ३ वैशाख ।
नयाँ वर्ष २०७६ को अवसरमा दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सि.न.पा. ३, ५ र ६ को आयोजनामा भैरहवामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

सेवा केन्द्रका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले सामुदायिक प्रहरीले खेलेको भुमिकाको चर्चा गरे ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष थानेश्वर पौडेल, सिद्धार्थ होटल एशोसियशन (सान)का अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, संस्थापक अध्यक्ष संजय बजिमय, शान्ता कंडेल, सल्लाहकार अजय कुमार गुप्ता, दिपक श्रेष्ठ लगायतले नयाँ वर्षले सुख र समृद्धि ल्याओस भन्ने शुभकामना व्यक्त गरे । कार्यक्रममा नयाँ वर्ष २०७६ को क्यालेण्डर समेत विमोचन गरिएको थियो । सेवा केन्द्रका उपाध्यक्ष मधुसुदन अर्यालको स्वागत तथा सचिव शैलेन्द्र प्रसाद तुलाधरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments