सेवा विस्तार गर्दै वियर गार्डेन

गौतमबुद्ध सन्देश
भैरहवा, ३० चैत ।
भैरहवा सेवापथमा अवस्थित वियर गार्डेन सेकुवा एण्ड तन्दुरले आफ्नो सेवाहरु बढाउँदै गएको छ । करिब ३ महिना देखि सञ्चालित रेष्टुरेण्टले आफ्ना सेवासुविधाका बारेमा शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

विगत ५ वर्ष देखि शिक्षण पेशामा आबद्ध दुई युवा विपिन क्षेत्री र प्रतिक भट्टराईको संयुक्त लगानीमा सञ्चालित होटल वियर गार्डेनले नयाँ वर्ष २०७६ को अवसरमा खानाको परिकारमा १० प्रतिशत छुटको व्यवस्था गरेको छ । त्यस्तै नयाँ वर्ष २०७६ को अवसर पारेर सञ्चारकर्मीहरुलाई हरेक आइटमको मेनु शुल्कमा ५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।

३२ लाख लगानीमा सञ्चालित रेष्टुरेण्टमा ७ जनाले प्रत्यक्ष रोजगारी पाएको सञ्चालक विपिन क्षेत्रीले बताए । पर्यटनको दृष्टीकोणले महत्वपूर्ण क्षेत्र लुम्बिनीको प्रवेशद्धार भैरहवामा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई स्वादिलो तथा मिठो परिकार शान्त ठाउँमा बसेर खाने वातावरण सहित वियर गार्डेन सञ्चालनमा ल्याइएको क्षेत्रीले बताए ।

रेष्टुरेण्टले निःशुल्क होम डेलिभरीको समेत व्यवस्था गरेको सञ्चालक प्रतिक भट्टराईले बताए । “अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता प्रोजेक्टर मार्फत लाइभ गरिरहेका छौ, अहिले आइपीयलको सो देखाइरहेका छौं, भट्टराईले भने ।” शिक्षण पेशा रहेका आफुहरु मात्रै कमाउने र खाने नभइ अरुको लागि पनि केही गरौ, केहीलाई भए पनि रोजगारी सिर्जना गरौं भन्ने उद्धेश्यका साथ शिक्षण पेशा छोडी रेष्टुरेण्ट क्षेत्रमा हात हालेका छौं, उनले भने ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *