बुद्ध शान्तिको वार्षिक उत्सव

गौतमबुद्ध सन्देश
कपिलवस्तु, ३० चैत ।
शैक्षिक सत्र २०७५ सम्पन्न हुनै लाग्दा शुक्रबार पनि कपिलवस्तुका विभिन्न विद्यालयहरुले आफ्नो वार्षिक उत्सव तथा वार्षिक नतिजा प्रकाशन एवं अभिभावक भेला कार्यक्रम सम्पन्न भएका छन् ।

जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ९ कुस्मा स्थित बुद्ध शान्ति आवासीय विद्यालयमा सातौँ वार्षिक उत्सव, अभिभावक भेला तथा नतिजा प्रकाशन कार्यक्रम एक समारोहका बीच सम्पन्न गरेको छ । कार्यक्रममा प्याब्सन कपिलवस्तुका पूर्व जिल्ला उपाध्यक्ष एवं होराइजन मा.वि.का प्राचार्य तथा कार्यक्रमका प्रमुख अतिथि बासुदेव घिमिरेले विद्यालय र विद्यार्थीको विकासका लागि सबैको साझा प्रयास आवश्यक रहने बताए । विद्यार्थीको पहिलो पाठशाला आफ्नै घर भएकाले घरमै अभिभावले राम्रो शिक्षा दिनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अभिभावक लक्ष्मी पौडेल, शिक्षक वाल प्रसाद पौडेल लगायतले विद्यालयको प्रशंसा गर्दै नयाँ वर्षको शुभकामना सहित शैक्षिक प्रगतिको कामना गरेका थिए । कार्यक्रममा विद्यालयले अतिरिक्त क्रियाकलाप अन्र्तगतका पुरस्कार पनि वितरण गरेको छ भने कक्षा ६ उत्तीर्ण विद्यार्थीहरुलाई पनि संयुक्त तस्विर अंकित मायाको चिनो तथा खादा सहित विदाइ गरेको छ ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष कृष्ण गोपाल केसीको अध्यक्षतातामा सम्पन्न कार्यक्रममासंस्थापक सदस्य टिकाराम पौडेल, होराइजन माविका लेखा शर्मा घिमिरे, वडा नम्बर ९ का वडा अध्यक्ष शिव बहादुर वाग्ले, वडा सदस्यद्धय रिमा विसी, खगेन्द्र पौडेल, अन्नपूर्ण विद्या मन्दिर कोपवाका प्रिन्सिपल खेमराज भुसाल, शिक्षाप्रेमी तथा बौद्धिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । विद्यालयका सहायक प्रअ तुला गाहाको स्वागत तथा प्रअ नारायण पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *