मेसिनमा च्यापिएर कपिलवस्तुमा एकजनाको ज्यान गयो

असोज २९ कपिलवस्तु
कपिलवस्तुमा चाउचाउ फ्याक्ट्रीमा मेसिनमा च्यापिएर एकजनाको ज्यान गएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका ६ तौलिहवा जितपुर सडक खण्डको गोवरीमा रहेको चाउचाउ फ्याक्ट्रीमा मेसिनले च्यापिएर एकजनाको ज्यान गएको छ । क्यापिटल फुड्स प्रालिको मेसिन सफा गर्ने क्रममा च्यापिएर मृत्यु भएको हो । मृत्यु हुनेमा जिल्लाको गावरी घर भएका रामेश्वर भुजका १८ वर्षे छोरा सुरेश भुजको ज्यान गएको हो । मेसिन सफा गरीराखेका भुजको अर्का कामदारले मेसिन चलाएपछि च्यापिएर ज्यान गएको छ । भुजको शव मेसिनभित्रै रहेको बताईएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *