अवैध सामान सहित एक पक्राउ

गौतमबुद्ध सन्देश
भैरहवा, २६ चैत ।
भन्सार छली अवैध रुपमा चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरिएको लेडिज पार्टी सुज सहित एक जना पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहियामा चेकजाँच गर्ने क्रममा लेडिज पार्टी सुज सहित जिल्ला महाराजगंज–२७, जगन्नाथपुर भारतका २३ वर्षिय ममताज कुरैसी पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्म, (राजस्व तथा भन्सार गस्ती सुरक्षा) रुपन्देहीका सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्द बहादुर खातीको नेतृत्वमा खटिएको ९ जनाको टोलीले १ लाख ४८ हजार बराबरको उक्त सामान बरामद गर्नुका साथै कुरैसीलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि भैरहवा भन्सार बेलहिया, रुपन्देहीमा बुझाएको हो ।

Facebook Comments