दुधराक्ष वारियर्सद्धारा जर्सी सार्वजनिक

गौतमबुद्ध सन्देश
सैनामैना, २३ चैत  ।
रुपन्देहीको दुधराक्ष वारियर्स क्लबले आफ्नो जर्सी सार्वजनिक गरेको छ । सैनामैना प्रिमियर लिग क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको दुधराक्ष वारियर्स क्लबले सैनामैनामा पत्रकार सम्मेलनको आयोजना गरी आकाशी र निलो कलर मिसिएको जर्सी र खेलाडीको नामावली सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष मदन थापाले सैनामैना प्रिमियर लिग प्रतियोगितामा आफ्नो टिम बिजयीको दाबेदार भएको बताए । सैनामैनाका स्थानीय खेलाडी आफ्नो टिममा सामेल रहेको र खेलाडीको मिहिनेतले लिगको विजता बन्ने उनले दावी गरे । सैनामैना क्रिकेट खेलको उर्वरभूमि रहेको उनले बताउँदै नँया प्रतिभावान खेलाडीहरुलाई जागृत गराउँदै प्रतियोगितामा सामेल गरेको थापाले पत्रकार सम्मेलनमा बताए ।

दुधराक्ष वारियर्स क्लबले क्रिकेट एकेडेमी नै सञ्चालन गरेर राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको उनले सुनाए । सुनिल पौडेल टिम क्याप्टेन रहेको दुधराक्ष वारियर्समा दिपेन्द्र अर्याल, विवेक पन्थ, रन्जित क्षेत्री, उदय पाण्डेय, सञ्जय विक, अविशक न्यौपाने, आशिष कुँवर, लक्ष्मण परियार, अमर खनाल, वसन्त विक, मनिश खत्री, अर्जुन पाण्डेय, अजय, विष्णु, शिव, विशाल खेलाडी टिममा रहेका छन ।

पत्रकार सम्मेलनमा लुम्बिनी इन्फोका सञ्चालक सुभाष गौतम, गण्डकी बैंकका शाखा प्रमुख अशोक राना, ईमिनेट एजुकेशनका निर्देशक कपिल गौतम, सैनामैना प्रिमियर लिगका कृष्ण भण्डारी, स्टार स्र्पोट्स क्लब अध्यक्ष खेमराज पोखरेलल लगायतले बोल्दै सैनामैना प्रिमियरले नयाँ खेलाडीलाई प्रोत्साहित गर्ने बताए ।
सैनामैना नगरपालिका ७ लम्टैयामा रहेको खेल मैदानमा सञ्चालन हुने प्रिमियर लिग प्रतियोगिता चैत्र २३ गते देखि २९ गते सम्म सञ्चालन हुने छ । लिगमा नगरपालिका भित्रका ६ टिमको सहभागिता जनाएका छन ।

Facebook Comments