नेपालमा वाम एकता अभियान प्रसङ्ग र प्रभाव

                                                                                                                                                                                                               – युवराज खनाल

हिन्दुहरुको महान चाड दशै पछि नेपाली राजनीति “वाम एकता अभियान”को घोषणाले तरङ्गित भएको छ । घोषणासभामा उपस्थित नेताहरुले प्रस्तुत प्रसङ्ग यो कसैको विरुद्धमा नभई नेपाली जनता र राष्ट्रको हितको पक्षमा भएको साझा अभिव्यक्ति आएको छ ।

एकता पक्षघर नेताहरुको भनाइ अनुसार–करिब एक दशकको आन्तरिक गृहकार्य र प्रयास पछि अहिले यसको प्रारम्भ भएको छ । सोही प्रसङ्गमा व्यक्त भएका नेताका अभिव्यक्तिहरुमा, “ नेपालको आर्थिक विकास निरन्तरतामा क्रमभङ्ग समाजवाद उन्मुख व्यवस्था नेपाल र नेपालीको हित उल्लेख छन् । राजनीतिक घटनाक्रमले कोल्टे फेरिरहदाँ अझै पनि देशमा आर्थिक, सामाजिक, सांस्कृतिक, भाषिक, लैङ्गिक जातीय विभेद, शोषण, दमन र भष्टाचारले गर्दा बहुसंख्यक नेपाली जनतालाई दुःख र अशान्ति भइरहेको छ । रोजगारी र गरीविको चक्र अहोरात्र घुमिरहेको छ ।

विगत–२००७ साल देखी वर्तमान २०७४ सालको पुर्वसन्ध्याका हरेक राजनीतिक परिवर्तन संस्थागत गर्ने क्रममा नेपालीहरुले तन, मन र धनले सक्रिय सहयोग गर्दै आइरहेको हो, बलिदानपूर्ण आन्दोलन र संघर्षकै परिणामले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र संविधानको घोषणा भएको हो । त्यस्तै नेतृत्वकर्ताहरुले जनता र देशको भलो गर्ने आश्वासन र प्रतिबद्धता गर्दै आएका छन । हामी नेपालीले गुमाएका र प्राय गरेका कुराहरु स्वयम भुक्तभोगी छौ । आशा छ, यी र यस्तै अभियानहरुले सकारात्मक परिणाम प्राप्त गरोस् ।

विघटन सन्निकट रुपान्तरित संसदको संयुक्त सरकारले आगामी ०७४ मार्गमा प्रवेश र प्रतिनिधिसभा निर्वाचनको निर्णय र आयोगबाट सो को कार्यतालिका सार्वजनिक भएको बेला विकसित राजनीतिक घटनाक्रमले स्वदेश र विदेशमा समेत तरगं वहस र अन्यौलता समेत सृजना गरेको छ ।  भ्रम र आशकांहरु उब्जिएका छन । समाधान त व्यवहारबाटै होला नेपाल–भूपरिवेष्टित, विकासोन्मुख, कमजोर आर्थिक अवस्था, अस्थिर सरकार र संक्रमणकालिन अवसरकै कारण व्यतिmगत, आन्तरिक र वाह्य कारण र प्रभावले गर्दा दर्जनौ राजनीतिक दलहरु विद्यमान छन् । तर बाह्य प्रजातान्त्रिक प्रणाली भएका देशहरुमा अति सीमित संख्यामा दलहरु क्रियाशील भएको पाइन्छ । परन्तु हाम्रो देशमा अनौठो अभ्यास खर्चिलो चुनाव । “देश र जनताकै भलाइका निम्ति बृहद वाम एकता अभियानको सुरुवात भएको भए शुभ सङ्कल्प नै मान्नुपर्छ । परिणामको आधारमा समुचित मूल्याकंन हुदै जानेछ । तत्काल अनुमानको आधारमा प्रशंसाबाटै विरोध ”मनासिव नहोला ।

विगतको मूल्याकंन र व्यवहार हेर्दा परिणामको आधारमा जुट्ने फट्ने र क्रमभङ्गताहरु भएका छन । प्रौढावस्थामा पुगेको राजनीतिक अभ्यास र नेतृत्वले व्यक्तिगत र दलगत स्वार्थकै लागि मात्र उक्त कार्यको पुनरावृत्ति नगर्लान् यो हाम्रो मान्यता हो ।

वृद्ध वाम एकताको प्रसङ्गले नेपालमा क्रियाशील अन्य दलहरुलाई ध्रुविकृत हुने अवसर र चुनौती समेत थपिएको छ । शिक्षा, स्वास्थ्य ,उद्योग, व्यापार, कृषि आदि विभिन्न विधामा खुला र प्रतिस्पर्धा भए झै राजनीतिमा पनि खुलापन आएको छ । स्वच्छ प्रतिस्पर्धा हुनु राम्रो हो । सिद्धान्त र दर्शन मिल्ने दलहरुको वीचमा एकता भइ देश र जनताको हितको निम्ति संगठित भइ बलियो सत्ता पक्ष र प्रतिपक्षको निर्माण होस । पूर्ण सफलता मिलोस शुभकामना छ ।

प्रजातन्त्रमा कुनै पनि खालको निरङकुशता अलोकप्रिय र अस्वीकार्य भएको छ । राजनीतिको रथ हाक्ने सारथीहरुको रथलाई गन्तव्यमा नपु¥याउदै विश्राम लिन, पलायन हुन र भाग्न मिल्दैन । मूलकानुन परिवर्तनशील छ । सबै खाले समस्या र असन्तुष्टिहरुलाई समयसापेक्ष संशोधन र परिमार्जन गरी अखण्ड नेपाल र सम्पूर्ण नेपालीको संरक्षण र उन्नतिका लागी हामी सबै अग्रसर हुदै जाऔँ । निर्धारित समय सिमाभित्रै निर्वाचन मै संविधान कार्यान्वयन हुँदै जाओस् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *