फोर्ड फिगो भैरहवामा

गौतमबुद्ध सन्देश

भैरहवा, २१ चैत ।

विश्वबिख्यात कार कम्पनी फोर्डको भैरहवा क्षेत्रको अधिकृत बिक्रेता अवन्ती अटोमोबाइल्सले २०१९ को नयाँ सस्करणको कार फोर्ड फिगोको बिक्री शुभारम्भ गरेको छ । अवन्तीले एक कार्यक्रमबीच बुधबार फिगो कारको बिक्री शुभारम्भ तथा प्रबद्र्धन कार्य एक साथ सुरु गरेको प्रबन्ध निर्देशक पावन अग्रवालले बताए ।

गाडीको प्रदेश नम्बर पाँचका सभासद सन्तोष पाण्डेय, समाजसेवी नारायणप्रसाद अग्रवाल, उद्योगी रमेश मौर्य र अवन्ती अटोमोबाइल्सका प्रबन्ध निर्देशक अग्रवालले अनावरण गरे । फोर्डले नयाँ संस्करणको फिगोलाई सार्बजनिक गरेसँगै नेपाली अटो बजारमा पनि यसको चर्चा सुरु भएको कम्पनीको दावी छ । बलियो ईन्जिन र ३ सिलिण्डरयुक्त, पेट्रोल इन्जिन जडान भएको यो कारको ईन्धन खपत २५ दशमलब ५ किलोमिटर रहेको र अहिले बजार मुल्य २४ लाख ९९ हजार रहेको फोर्डका नेपाल बजार प्रबन्धक बिजय थापाले बताए ।

फोर्ड फिगोमा स्पिड ट्रान्समिसनमा उपलब्ध हुने र पहिलेको भन्दा १५ प्रतिशत हलुका हुने र ईन्धन बढी बचत हुने जनाइएको छ । फिगोका सबै मोडलहरुमा दुई एअर ब्याग रहेको र सुरक्षालाई अझ सशक्त बनाउन एन्टी लक ब्रेकिंग सिष्टम ईलोक्ट्रोनिक स्टेबलिंग प्रोगामले गर्दा कार चलाउन निकै सजिलो हुने जनाईएको छ ।

नयाँ फिगो सेतो, सिल्भर, निलो, कालो, खैरो, सुनौलो सेतो, रातो गरी सात रंगमा उपलब्ध छन् । फिगो फोर्डमा अन्य धेरै स्मार्ट फिचर्सहरु (आधुनिक सुबिधा) रहेको र अटो बजारमा सकारात्मक परिबर्तन ल्याउने कम्पनीले जनाएको छ । अवन्ती अटोमोबाइल्स बिगत १ बर्षदेखि भैरहवा क्षेत्रमा कृयाशिल रहेको र बजार हिस्सा बढाउँदै लगेको जनाएको छ । भैरहवा क्षेत्रमा खुल्दा कार पारखीहरुका लागि छनौटको उत्कृष्ट अबसर मिलेको छ ।

 

Facebook Comments