सशस्त्रद्वारा अवैध सामान बरामद

गौतमबुद्ध सन्देश
भैरहवा, २० चैत ।

अवैध रुपमा चोरी पैठारी गरी ल्याउँदै गरेको लत्ताकपडा तथा मोटर पाटर्सका सामानहरु बरामद गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. ३८ गुल्म हे. क्वा.(रा.भ.सु) रुपन्देहीबाट खटिएको टोलीले बुधबार दिउँसो साढे १२ बजे सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित डण्डा इलाकाबाट भारतबाट भन्सार छली ल्याइएको सामानहरु बरामद गरेको हो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्द बहादुर खातीको कमाण्डमा खटिएको ९ जनाको टोलीले भन्सार मुल्य १ लाख बराबरको उक्त लत्ताकपडा र मोटरपाटर्सका सामानहरु बरामद गरी आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय पठाएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ३८ गुल्म हे. क्वा.ले यस अघि पनि भन्सार छलेर ल्याइएका अवैध सामानहरु बरामद गरी भन्सार कार्यालय पठाउँदै आएको छ ।

 

 

 

Facebook Comments