कराँते खेलाडी सम्मानित

गौतमबुद्ध सन्देश

भैरहवा, २६ फागुन ।

रुपन्देही नागरिक समाज सिद्धार्थनगरले कराँते खेलाडीहरुलाई सम्मान गरेको छ । समाजले शनिवार भैरहवामा एक कार्यक्रमका बीच प्रथम अन्तर मावि लुम्बिनी कप कराँते प्रतियोगितामा उत्कृष्ट भएका १६ खेलाडीहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने खेलाडी जुलिया पुन, सफल गौतम, संगम नेपाली, समुन्द्र सिहं राना, मनिषा खड्का द्धितीय स्थान हासिल गर्ने विराट कार्की, कमल चौधरी, शिराम माली र तृतिय स्थान हासिल गर्ने प्रशान्त चौधरी, रिशब पुलामी, प्रजेन थापा, नगेन्ı बुढा, सन्देश शाही, समिक्षा सावत, नेहा शिरिष र सोनिया गुरुङ रहेको समाजका उपाध्यक्ष श्रीराम गुप्ताले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व सांसद इस्तियाक अहमद खानले सरकारले खेलाडीको क्षमता अभिवृद्धिप्रति ध्यान नदिएको बताए । उनले खेलाडीले नै राष्ट्रको पहिचान अन्तर्राष्ट्रिय जगतमा गराइरहेको बताए ।

कार्यक्रममा नेपाल कराँते महासंघ प्रदेश नम्बर ५ अध्यक्ष भरत केसीले राज्यले खेल क्षेत्रमा लगानी गर्नुपर्ने बताउंदै रंगशालाहरु निर्माण गर्न सरकारले लगानी वृद्धि गर्नुपर्ने माग गरे । रुपन्देही नागरिक समाज सिद्धार्थनगरका अध्यक्ष क्याप्टेन रेशम केसीले खेलाडीको मनोबल बढाउन समाजले करांँते खेलाडीलाई सम्मान गरेको बताए ।

रुपन्देही नागरिक समाजका संरक्षक तथा पूर्वमन्त्री प्रकाश चित्रकारको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा वेचन प्रसाद गुप्ता, शिव खत्री, हरि चन्द्र अधिकारी, फैज अहमद खां, प्रशिक्षक कमरुद्धिन अलि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन समाजका सह–सचिव बाबुलाल यादवले गरेका थिए ।

 

 

 

Facebook Comments