नेपाल पुलिस सेमिफाइनलमा

गौतमबुद्ध सन्देश

बुटवल, ८ फागुन ।
विभागीय टिम नेपाल पुलिस क्लब बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुटवलको देवीनगरस्थित एन्फा रंगशालामा मंगलबार सम्पन्न खेलमा भारतको पाहुना टोली दार्जिलिङ युनाइटेडलाई २—० गोल अन्तरले पाखा लगाउंदै पुलिस विजयी भएको हो । पुलिसको जितका लागि रवि पासवानले पहिलो हाफमा थपिएको अतिरिक्त समय (४७ औं मिनेट) मा पहिलो गोल गरेका थिए भने मिलन राईले ६८ औं मिनेटमा खेलको अन्तिम गोल गरेका थिए ।

पाहुना टोली दार्जिलिङ युनाइटेडका खेलाडीले गरेको केही गोल प्रयासलाई पुलिसका गोलरक्षक रोशन खड्काले उत्कृष्ट वचाउ गर्दै विफल तुल्याइदिएका थिए । खेलमा पुलिसका रवि पासवान म्यान अफ द म्याच घोषित हुंदै नगद १० हजार पुरसकार हात पारे । बुधबारको दोस्रो क्वाटर फाइनल खेल विदेशी टिम दाफिन्स एफसी क्यामरुन र झापा ११ बीच हुने आयोजक रुपन्देही जिल्ला फुटबल संघका उपाध्यक्ष हरि क्षेत्रीले जानकारी दिए । फागुन १३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ८ लाख ८० हजार,उपविजेताले ५ लाख ५० हजार पाउनेछन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *