दीप खेलकुद पत्रकारिता पुरस्कार भुसाललाई

गौतमबुद्ध सन्देश

बुटवल, ६ फागुन ।

खेलकुद पत्रकारिता पुरस्कार पत्रकार यमलाल भुसालले प्राप्त गरेका छन् । बुटवल–८, सुख्खानगरमा संचालित दीप बोर्डिङ हाई स्कूलले स्थापना गरेको खेलकुद पत्रकारिता पुरस्कार २०७५ बाट पत्रकार भुसाललाई सोमवार विशेष कार्यक्रमबीच प्रदान गरिएको हो ।

खेलकुद क्षेत्रको समाचार लेखन, सम्प्रेषणमा तथा खेलकुदको विकासका लागि महत्वपूर्ण योगदान पुराएको भन्दै विद्यालयको ३८ औं स्थापना दिवस तथा आठौँ अन्तर मावि जिल्ला स्तरीय दीप गायन तारा प्रतियोगिताको फाइनल छनौट कार्यक्रमा पत्रकार भुसाललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

शिक्षा विकास तथा समन्वय ईकाई रुपन्देहीका प्रमुख दीपेन्द्र ढकाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजू, प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल तथा सुरेन्द्रकुमार शाक्यले पत्रकार भुसाललाई पुरस्कार प्रदान गरे । पत्रकार भुसाललाई नगद १० हजार र सम्मान पत्रले पुरष्कृत गरिएको हो । उनी करिब २ दशकदेखि बुटवलमा सक्रिय पत्रकारिता गर्दै आएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *