सिप सिकाउँदै ए फोर टे«निङ सेन्टर

गौतमबुद्ध सन्देश
भैरहवा, ३ फागुन ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ मा अवस्थित ए फोर टे«नि¨ सेन्टर प्रा.लि.ले जिल्लाका विभिन्न स्थानीय तहका युवायुवती तथा महिलाहरुलाई सिप सिकाइरहेको छ । संस्थाले विभिन्न किसिमका सिपमुलक तालिमहरु सञ्चालन गरिरहेको छ । सिपको खोजीमा रहेका र सिप सिकी आत्मनिर्भर बन्न चाहने युवायुवती तथा महिलाहरुहरुको लागि निरन्तर तालिम सञ्चालन गर्दै आएको ए फोर टे«नि¨ सेन्टर प्रा.लि.का प्रबन्ध निर्देशक हेमा बेल्बासे (के.सी.)ले बताइन् ।

त्यसै क्रममा ए फोर टे«नि¨ सेन्टर प्रा.लि.को आयोजना तथा ओमसतिया गाउँपालिकाको कार्यालयको सहयोगमा ओमसतिया गाउँपालिका वडा नम्बर ५ स्थित पट्खौलीमा गाउँपालिका स्तरीय १ देखि ६ नम्बर वडाका युवाहरुको लागि सिपमुलक तालिम सुरु भएको छ । ६ वटा वडाका युवाहरुको लागि निःशुल्क ३ महिने (३९० घण्टा) हाउस वायरिङ तालिम सुरु बिहीबार देखि सुरु भएको हो । तालिममा ३० जना युवाहरुको सहभागिता रहने तालिममा प्रशिक्षकद्धय कृष्ण यादव र राहुल चौधरीले सहजीकरण गर्नेछन् ।

तालिमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल)ले प्रत्येक घरमा रोजगारी पुगोस भन्ने उद्धेश्यका साथ गाउँपालिकाको सहयोगमा विभिन्न वडामा सिपमुलक तालिम सञ्चालन भइरहेको बताए । उनले छोटो अवधिका तालिम उपलब्धीमुलक नहुने भएकोले कम्तीमा पनि ३ महिने तालिमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए । ओमसतिया गाउँपालिका वडा नम्बर  ५  का वडा अध्यक्ष ओमप्रकाश चौधरी, वडा सचिव मसहुर आलम खान, वडा सदस्य चुलाई सहानी, ओमसतिया आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सब्बिर अली सिद्धिकी लगायतले बोल्दै तालिम लिएर आत्मनिर्भर बन्न सके मात्र तालिम लिनुको उद्धेश्य पुरा हुने बताए । ए फोर टे«नि¨ सेन्टर प्रा.लि.का कार्यक्रम संयोजक सुनिता पाठकको स्वागत मन्तव्य तथा प्रबन्ध निर्देशक हेमा बेल्बासे (के.सी.) को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । संस्थाले यस अघि ओमसतिया गाउँपालिका वडा नम्बर ३ स्थित नौडिहवामा तीन महिने व्युटीपार्लर तालिम पनि सुरु गरिसकेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *