सिद्धार्थनगर भैरहवा बचाउ अभियान गठन

तारा कुमारी गलामी

भैरहवा, २ फागुन ।

रुपन्देहीको भैरहवामा सञ्चालित रहेको सरकारी कार्यालय सारिएको विरोधमा र त्यसलाई पुःर्नस्थापना गरी भाडाको घरमा नभइ सरकारी भवनमा सञ्चालन हुनुपर्ने माग गर्दै भैरहवामा भएको एक भेलाले सिद्धार्थनगर भैरहवा बचाऔं अभियान गठन गरे छ । जिल्ला कृषि विकास कार्यालयमा रहेको कृषि विकास निर्देशनालय र पुशपंक्षी तथा मत्स्य विकास निर्देशनालय सरकारी भवनमा रहनुपर्ने माग गर्दै उक्त अभियान गठन गरिएको हो ।

रुपन्देहीका अन्य भाडामा भएका सरकारी कार्यालयहरु पनि भाडामा सञ्चालन नगरी सरकारी भवनमा सञ्चालन हुनुपर्ने अभियानको माग छ ।

समाजसेवी शोभाकान्त नेपालको अध्यक्षतामा उक्त अभियान गठन गरिएको छ । त्यस्तै सदस्य–सचिवमा विष्णु मरासिनी र सदस्यहरुमा शंकर ज्ञवाली, बाबुराम पौडेल, आनन्द प्रसाद गुप्ता, माधब ढुंगाना र ध्रव लाम्गादे रहने गरी सचिवालय समिति समेत निर्माण गरिएको अभियान्ता भुवन पौडेलले बताए । त्यस्तै भेलामा सहभागीहरु अभियानका संस्थापक सदस्य रहने उनले बताए । भैरहवामा प्रयाप्त सरकारी कार्यालयहरु खाली हुँदाहुँदै भाडाका भवनमा सञ्चालित कार्यालयहरु सरकारी भवनमा पुर्नःस्थापना गर्नुपर्ने माग अभियानको रहेको पौडेलले जानकारी दिए ।

सरकारी कार्यालयमा पर्याप्त भवन हुँदाहुँदै भाडाको घरमा कार्यालय सञ्चालन हुनु दुःखद भएको अभियानको ठहर छ ।

त्यस्तै सिद्धार्थनगर सहित छिमेकी साविक गा.वि.स. बसन्तपुर, हाटीबनगाई, वगहा, पड्सरी, चिल्हियाको साविक वडाहरुको भुगोल सर्वेक्षण गरी समेटेर सिद्धार्थनगर उपमहानगरपालिका समेत बनाउन पहल गर्ने गरी अगाडी बढ्ने अभियानका संयोजक शोभाकान्त नेपालले बताए । (प्रशिक्षार्थी)

Facebook Comments