मजदुरलाई पेशागत अधिकारका बारेमा प्रशिक्षण

गौतमबुद्ध सन्देश

बुटवल, १ फागुन ।

यातायात क्षेत्रका मजदुर तथा कर्मचारीलाई आफ्ना अधिकारका बारेमा जानकारी गराउने लक्ष्यसहित बुटवलमा प्रशिक्षण शुरु भएको छ । अन्तर्राष्ट्रिय यातायात मजदुर संगठन (आईटिएफ) र जर्मनी संस्था एफईएसको संयुक्त आयोजनामा संचालित प्रशिक्षणमा ६ जिल्लाका २५ जना यातायात मजदुरको सहभागिता छ । तीन दिनसम्म संचालन हुने प्रशिक्षणमा दाङ, धनगढी, काठमाण्डौ, कपिलवस्तु, कास्की र रुपन्देहीका यातायात मजदुरको सहभागिता छ ।

सन १८९६ मा स्थाापना भएको अन्तर्राष्ट्रिय यातायात मजदुर संगठन (आईटिएफ) मा अहिले १ सय ३९ राष्ट्रका २ करोड मजदुर र ६ सय ७७ वटा युनियन आवद्ध रहेको साउथ एशियाकी युवा कोअर्डिनेटर आरती असधितले बताए । प्रशिक्षणमा यातायात मजदुरले भोग्नु परेका समस्याहरुलाई संगठित रुपमा उठाउने र समाधानका उपायहरुबारे जानकारी गराउने तथा अन्तर्राष्ट्रिय संगठनमा आवद्धता गराउन टेवा पु¥याउने लक्ष रहेको कोअर्डिनेटर असधितले जानकारी दिए ।

त्यसैगरि जर्मनी संस्था एफईएसकी नेपाल प्रतिनिधि समिरा पौडेलले यातायात क्षेत्रमा कार्यरत मजदुरहरुलाई सामाजिक र राजनीतिक संवादको माध्यमबाट नेतृत्व विकासका लागि सशक्तिकरण गर्नु नै प्रशिक्षणको उद्देश्य रहेको बताए । आरती, समिरासँगै अर्जुन पाण्डे र रेविका गिरीले सहभागीलाई प्रशिक्षण प्रदान गर्ने जनाइएको छ ।

त्यसअघि कार्यक्रम शुभारम्भ गर्दै नेपाल मजदुर संगठन प्रदेश नम्बर पाँचका सहइन्चार्ज ठाकुर गैरे र नेपाल ट्रेड युयिन काँग्रेस प्रदेश ५ का उपाध्यक्ष कृष्ण वेल्वासेले यातायात क्षेत्रमा कार्यरत मजदुरहरुलाई प्रदान गरिने यस प्रकारका प्रशिक्षणले मजदुरहरुमा जागरण पैदा हुने र अधिकारका सवालमा सचेतना जागृत गराउने विश्वास व्यक्त गरे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *