इन्स्योरेन्स कर्पोरेशनको अधिवेशन

गौतमबुद्ध सन्देश
भैरहवा, २८ माघ ।
पेशागत बिमा अभिकर्ता संघ शाखा समिति लाइफ इन्स्योरेन्स कर्पोरेशन बुटवल शाखाको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।  अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि हरिशचन्द्र गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा दुर्गा प्रसाद पाण्डे, सचिवमा यम बहादुर राना, कोषाध्यक्षमा रुपा खत्री र सह–सचिवमा राम प्रसाद अर्याल रहेका छन् । त्यस्तै सदस्यहरुमा टोपलाल घिमिरे, सुनिता केसी र गोविन्द बहादुर शाक्य रहेका छन् । त्यसै गरी सल्लाहकारमा सुजित शर्मा, फडिन्द्र पुरी, नवराज गौतम र गोविन्द प्रसाद गिरी रहेका छन् । अभिकर्ता विमक समिति लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडका केन्द्रिय सदस्य गोविन्द प्रसाद गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि गिरीले अभिकर्ताहरुको छाता संगठनले अभिकर्ताको हक र हितमा काम गर्ने भन्दै सबैलाई गोलबन्द हुन आग्रह गरे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *