नेकपा मायादेवी–१ र ४ को सपथ ग्रहण

गौतमबुद्ध सन्देश

भैरहवा, २८ माघ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मायादेवी गाउँपालिका वडा नम्बर १ को वडा कमिटीका सदस्यहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेकपा मायादेवी गाउँपालिका सचिव शंकर ज्ञवालीले एक कार्यक्रमका बीच सपथग्रहण गराएका हुन् ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि ज्ञवालीले कम्युनिष्ट पार्टीको विचार र सिद्धान्तमा अडिग भइ जनताको काममा लाग्न आह्वान गरे । कार्यक्रममा नेकपा मायादेवी गाउँपालिका सदस्य विश्वराज काफ्ले, पार्टीका वडा नम्बर १ अध्यक्ष लखन प्रसाद लोध, वडा नम्बर ८ अध्यक्ष ढुण्डीराज खनाल लगायतले बोलेका थिए ।
यसै बीच नेकपा मायादेवी गाउँपालिका वडा नम्बर ४ को सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । पार्टीका प्रदेश नम्बर ५ कमिटी सदस्य तथा रुपन्देही जिल्ला कार्यदल सदस्य गोपाल भट्टराईले सपथग्रहण गराएका हुन ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि भट्टराईले जनताको आवश्यकता अनुसार दुई ठूला पार्टी बीच एकीकरण भएको बताए । कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य बाबुलाल यादव, नेता श्रीराम यादव, नेकपा मायादेवी गाउँपालिका अध्यक्ष साधुसरण सहानी, सचिव शंकर ज्ञवाली लगायतले बोल्दै पार्टीको गतिविधिलाई तीव्रताका साथ अगाडी बढाउनु अहिलेको आवश्यकता रहेको बताए ।
नेकपा मायादेवी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष लाला लोधको अध्यक्षता, वडा कमिटी सदस्य हुमनाथ चापागाईको स्वागत मन्तव्य तथा सचिव जे.पी. मिश्राको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *