‘कृषि बैंकका सबै सेवा उत्कृष्ट छन्’

 

 

मीनराज पोखरेल
क्षेत्रीय निर्देशक
कृषि विकास बैंक लि., क्षेत्रीय कार्यालय, भैरहवा

प्यूठानको झिमरुक गाउँपालिका–५, ओखरकोटमा जन्मिएका मीनराज पोखरेल हाल मातातिर्थ, काठमाण्डौका स्थायी बासिन्दा हुनुहुन्छ । उहाँले अर्थशास्त्रमा स्नातकोत्तर, कानूनमा स्नातक र काठमाण्डौ विश्वविद्यालयबाट व्यवस्थापनमा पोस्ट ग्राजुयट गर्नुभएको छ । उहाँ हाल कृषि विकास बैंक लि.को क्षेत्रीय निर्देशक हुनुहुन्छ । २०५५ सालमा बैंकले लिएको खुला प्रतियोगिताबाट अधिकृत बन्नु भएका पोखरेल सेवाप्रवेश लगत्तै नेपालको विकासका दृष्टिले पछाडि परेको कर्णालीको मुगु जिल्लाबाट उपशाखा प्रबन्धकको रुपमा जागिर सुरुवात गर्नुभएको थियो । कृषि विकास बैंकमा १९ वर्षको अनुभव बटुल्नुभएका पोखरेलसँग कृषि विकास बैंक र बैंकिंग क्षेत्रका बारेमा रहेर प्रकाश न्यौपानेले गरेको कुराकानी ।

कृषि विकास बैंकका बारेमा बताइदिनोस् न ?

देशको कृषि क्षेत्रमा वित्तीय तथा प्राविधिक सेवा पु¥याई उत्पादन र उत्पादकत्व बृद्धि गराउनुका साथै आवश्यक पर्ने कर्जा उपलव्ध गराउने मूल उद्देश्यकासाथ कृषि विकास बैंक ऐन २०२४ अनुसार कृषि विकास बैंक स्थापना भएको हो । यो हाल बैंक तथा वित्तीय संस्था ऐन २०७३ अन्तर्गत संचालित सबैभन्दा धेरै पूँजी, देशको ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको सबैभन्दा धेरै शाखा र सबैभन्दा धेरै शेयर धनी भएको “क” वर्गको वाणिज्य बैंक हो । बैंकले आफ्ना २७५ भन्दा बढी शाखाहरुबाट अत्याधुनिक बैकिंग सफ्टवेयर सञ्चालनमा ल्याई आप्mना सेवाहरु प्रदान गरिरहेको छ । बैंकका १ लाख ४५ हजार भन्दा बढी कर्जाग्राहीहरु, ११ लाख ५० हजार भन्दाबढी निक्षेपकर्ताहरु तथा २ लाख ४८ हजार भन्दाबढी शेयरधनी हुनुहुन्छ । बैंकले शहरदेखि पिछडिएका वर्गसम्मलाई विभिन्न उद्देश्यमा कर्जाप्रवाह गर्दै आएको छ । विशेषगरी सरकारी बैंक भएका नाताले सरकारी नीति तथा कार्यक्रमलाई सफल बनाउन कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रीकरण र औद्योगिकीकरणमा सघाउ पुग्ने गरीे आफ्ना हरेक कार्यक्रमहरुलाई अगाडि बढाएको छ । यसरी बैंकले देशमा कृषि क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुराउँंदै आएको छ । त्यसैगरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गरी सामाजिक विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै देशको आर्थिक तथा सामाजिक विकासमा यस बैंकले अग्रणी भुमिका खेल्दै आएको छ । यसरी कृषि बैंकले शहरदेखि पिछडिएका दुर्गम बस्तीसम्म आफ्ना शाखा सञ्जालको माध्यमबाट गुणस्तरीय बैकिंग सेवा उपलव्ध गराई मुलुकको एक असल र भरपर्दो बैंकको रुपमा आफूलाई स्थापित गराउन सफल भएको छ ।

अहिले बैंकबाट उपलब्ध सेवाहरु के–कस्ता छन् ?

कृषि विकास बैंकबाट उपलव्ध सेवाहरुको बारेमा चर्चा गर्नु पर्दा अन्य “क” बर्गका वाणिज्य बैंकहरुले दिने सेवाहरुमध्ये निक्षेप संकलनका लागि साधारण बचत, समृद्धि बचत, बाआमा बचत, चेतनशील नारी बचत, कृषक बचत, शेयरधनी बचत, कर्मचारी निबृत्ति भरण बचत, विदेशी मुद्रा बचत खाताका अतिरिक्त कर्मचारीहरुलाई लक्षित गरी एडीबीएल तलव बचत खाता, विभिन्न ४० भन्दाबढी कर्जा पोडक्टहरु प्रवाह गर्दै आएका छौं । एडीबीएल रेमिट, तथा एजेन्सी रेमिट, बैंक जमानत सेवा, प्रतित पत्र सेवाका साथै आधुनिक बैंकिंग प्रोडक्टहरु जस्तैः एटएीम भिजा कार्ड, एडीबीएल स्मार्ट बैंकिंग, इन्टरनेट बैंकिंग, सी–आस्वा, एबीबीएस सर्भिस, स्वीफ्ट सर्भिस, क्लियरिंग सर्भिस, सेफ डीपोजिट लकर, फोरेक्सलगायत सरकारी कारोबार पनि गर्दै आइरहेका छौं । साथै बैंकले सरकारी बिकासे अड्डाकोरुपमा पनि काम गर्दै आएको छ भने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रमहरु सञ्चालन गरी नेपाली जनताको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्नमा समेत महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ ।

कर्जा लगानीको प्राथमिकता ?

देशको कृषि क्षेत्रमा वित्तीय तथा प्राविधिक सेवा पु¥याई कृषिको उत्पादन र उत्पादकत्व बृद्धि गराउनुका साथै कृषि क्षेत्रलाई आवश्यक पर्ने कर्जा उपलव्ध गराउने मुल उद्देश्यका साथ २०२४ माघ ७ गते कृषि विकास बैंक स्थापना भएको हो । अहिले बैंकले कृषि क्षेत्रको अलवा उद्योग, व्यापार, व्यावसाय, सेवा, पर्यटन, जलश्रोत, अस्पताल निर्माण, विद्यालय सञ्चालन, निर्माण लगायतका क्षेत्रहरुलाई प्राथमिकता दिई लगानी गर्दै आएका छौं । यसरी विभिन्न उत्पादनशील क्षेत्रमा कर्जा लगानी गरेर रोजगारीका अवसरहरु सृजना गर्ने, आयआर्जन गर्न सघाउ पु¥याउने र सीमान्तकृत वर्गको जीवनस्तर उकासी देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने काममा बैंकका प्राथमिकता रहँदै आएको छ ।

कर्जा लगानीसहितका अन्य सूचकहरु कस्ता छन् ?

समग्र वित्तीय बजारलाई हेर्दा हाम्रो बैंकका विभिन्न सुचकांकहरु सन्तोषजनक छन् । बैंकले गत असारको तुलनामा यस वर्ष लगानीमा रहिरहेको कर्जा ११.७० प्रतिशतले वृद्धि गर्ने लक्ष लिएकोमा सोअनुसार प्रगति गर्ने अवस्थामा छ । त्यसैगरी निस्कृय कर्जालाई आफ्नो सीमा भित्र राख्न सफल भएको छ भने कर्जा लगानी तथा असुली एवं व्याज असुली पनि लक्षअनुसार नै गर्ने अवस्था छ । अर्धवार्षिक प्रगतिलाई विश्लेषण गर्दा निक्षेप वृद्धि, मुनाफा पनि लक्ष अनुसारनै हुने देखिन्छ । कर्जाको गुणस्तरलाई पनि वाञ्छित सीमामा राख्न सक्ने देखिएकाले समग्र सूचांकहरु सकारात्मक छन् ।

कृषि विकास बैंकमा कारोबार गर्नै झन्झटिलो प्रक्रिया छ भनिन्छ नी ?

पँुजी संरचनाअनुसार कृषि विकास बैंक नेपाल सरकारको ५१ प्रतिशत स्वामित्व भएको बैंक भएको हुँदा अन्य कतिपय सरकारी कार्यालयमा हुने ढिलासुस्ती यहाँ पनि हुन्छन् की भन्ने बुझाईले झन्झटिलो प्रक्रिया छ भन्ने भावना रहेको हामीले पनि महसुस गरेका छौ । तर, त्यस्तो छैन । किनकी नेपाल राष्ट्र बैंकले तोकेका प्रक्रिया सवै बैंकले पालना गर्नुपर्दा प्रक्रियामा खासै फरक छैन र कुनै पनि सेवासुविधा विना झन्झट छिटोछरितो रुपमा प्रदान गर्न हामी दत्तचित्त भएर लागेका छौ । उदाहरणका रुपमा उल्लेख गर्नु पर्दा हामीले हरेक शाखाहरुलाई कर्जा तथा जमानत सीमा स्वीकृत गर्ने अधिकार प्रत्यायोजन गरेर कर्जा तथा जमानत कारोवारमा सहजीकरण गरेका छौं । जसले सानोतिनो कर्जा स्वीकृत गर्न केन्द्रसम्म जानुपर्ने बाध्यता हटेको छ । छिटोछरितो सेवा दिइरहेका छौं । जुन अन्य कतिपय बैंकहरुमा छैन ।

अझै पनि धेरै मानिसहरुमा कृषि विकास बैंकले कृषिमा मात्रै कर्जा प्रवाह गर्छ भन्ने भ्रम छ । यसलाई चिर्न के–कस्ता योजनाहरु बनाउनुभएको छ ?

स्थापनाकालदेखि लगभग १७ बर्ष बैंकले विकास बैंककारुपमा विशेष गरेर कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर कर्जाप्रवाह गर्नेे काम गरेको हो । बैंकको नाम पनि सोहीअनुसार भएकोले कतिपयमा त्यस्तो खालको भ्रम रहनु स्वभाविक हो । खासगरी शहरमा संकलित पुँजीलाई ग्रामीण क्षेत्रको विकासमा टेवा पुराउने उद्देश्यले केही सीमित शाखाहरुबाट वाणिज्य बैंकिंग कारोवार गरेको हुनाले पनि कतिपयमा अझ यो बैंकले कर्जामात्र प्रदान गर्छ भन्ने अवस्था छ । तापनि वि.सं. २०४० देखि नेपालमा पहिलो पटक कम्युटर प्रविधियुक्त बैंकिंग कारोवार शुरुवात गरेको श्रेय यस बैंकलाई दिनुपर्छ । त्यसपछि बैंकले कृषि कर्जाका अतिरिक्त विभिन्न प्रकारका कर्जाहरु प्रदान गर्दै आएको भए तापनि यसलाई व्यापकरुपमा प्रचारप्रसार गर्ने काममा कमी रहेकोले कतैकतै यस्तो अवस्था सुनिन आएको कुरा महसुुस हामीलाई पनि हुन्छ । तर, जव हामी बैंक तथा वित्तीय संस्था ऐन अन्तर्गत “क” बर्गको बैंककारुपमा संचालित भयौँ त्यसपछि सो ऐन अनुसार “क” बर्गको बैंकले गर्न पाउने हरेक क्रियाकलापलाई अगाडि बढाउंदै कृषक उद्यमीहरुलाई कर्जा लगानी गर्ने मात्र नभई कृषिमा व्यावसायिकरण तथा यान्त्रिकरण गर्नका अलाव देशको पर्यटन, उद्योग, निर्माण, जलश्राोत तथा सेवा लगायतका क्षेत्रहरुमा कर्जा प्रवाहका अतिरिक्त अत्याधुनिक प्रविधियुक्त सेवाहरु प्रदान गर्दै आएका छौं । सरकारी स्वामित्वमा स्थापित बैंक भएका नाताले नेपाल सरकारले ल्याएका नीति तथा कार्यक्रमलाई सघाउ पुग्ने गरी हाम्रा कार्यक्रमहरु सञ्चालन गर्ने र ग्रामीण स्तरसम्म वित्तीय पहुँच विस्तार गर्ने गरी हाम्रा कार्यक्र सञ्चालन गर्ने योजनाहरु छन् ।

शहरदेखि दूरदराजका गाउँसम्म बैंकको पहुँच छ । तर, पनि निजी बैंकसँग प्रतिस्पर्धा गर्न सकेन भनेर आरोप लाग्छ नी ?

यहाँले भनेजस्तै निश्चितरुपमा शाखा सञ्जालका हिसावले शहरदेखि गाउँसम्म पहुँच भएको सबैभन्दा ठूलो बैंक कृषि विकास नै हो । अघि नै मैले भनेजस्तै ग्रामीण तथा एकदमै सीमान्तकृत वर्गमा यो बैंकले काम गरिरहकाले हाम्रा कर्जाग्राहीहरु साना साना छन्, जुन कर्जा प्रशोधनका लागि ठुला कर्जाग्राहीका लागि जत्तिकै समय दिनुपर्ने, विकट क्षेत्रहरुमा समेत बैंकले आफ्ना शाखा सञ्चालन गरिरहेकाले कार्यालय सञ्चालन लागत बढी पर्न जाने, कर्मचारी व्यवस्थापनमा कठिनाई हुने जस्ता कतिपय समस्याहरुले गर्दा पनि अन्य निजी बैंकसँग प्रतिस्पर्धा गर्न कठिनाई भएको यथार्थ हो । तर, हामीले यी समस्याका बावजुद प्रतिस्पर्धामा खरोरुपमा उत्रिएर गुणस्तरयुक्त सेवा प्रदान गर्न लागिपरेका छौ । जसको उदाहरणका रुपमा अहिले हामीले दिने सेवाहरु कुनै पनि निजी क्षेत्रका बैंकहरुले दिने सेवाभन्दा कमी छैनन् । जस्लाई अनुभूति गर्न यहाँहरुलाइ हाम्रा शाखाहरुमा गई सेवा लिन र केही कमीकमजोरी रहे हामीलाई सुझाव दिन म अनुरोध गर्दछु ।

बैंकिङ क्षेत्रमा एकअर्काबीचको प्रतिस्पर्धा कस्तो छ ?
नेपालमा खासगरी आर्थिक उदारीकरण पश्चात् नेपालको अर्थतन्त्रले धान्न मुस्किल हुने किसिमले बैंक तथा वित्तीय संस्थाहरु स्थापना भए । वित्तीय बजारमा अहिले “क” बर्गका वाणिज्य बैंकहरु २८ वटा, “ख” बर्गका विकास बैंकहरु ३३ वटा, “ग” बर्गका वित्त कम्पनीहरु २४ वटा तथा ६९ वटा लघुवित्त कम्पनीहरुले नेपाल राष्ट्र्र बैंकबाट इजाजत प्राप्त गरी कारोबार गरिरहेका छन् । समग्रमा भन्नुपर्दा हाम्रो जस्तो लगभग रेमिटयान्सले धानिएको अर्थतन्त्रमा स्थापना भएका बैंक तथा वित्तीय संस्थाहरुको सख्या अधिक भएको कारणले सो कुरालाई नेपाल राष्ट्र बैंकले पनि महसुस गरी बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने तथा प्राप्ति सम्वन्धीे नीति लिएर सख्याहरु घटाउंदै गइरहेको छ । अर्थतन्त्रको क्षमता भन्दाबढी बैंक तथा वित्तीय संस्थाहरुको स्थापनाले गर्दा कतिपय अवस्थामा अस्वस्थ खालका प्रतिस्पर्धा पनि यस क्षेत्रमा देखिएका छन् । जसले गर्दा सिंगो बैंकिग व्यवसायमाथि अविस्वास वढ्न जाने हुँदा स्वस्थ प्रतिस्पर्धात्मक किसिमले बैंकिंग व्यवसाय सञ्चालन गर्नुपर्छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरुको पुँजी बृद्धि कार्यक्रमले गर्दा शेयरधनीहरुलाई उचित प्रतिफल दिनका लागि पनि कर्जा विस्तार गर्नुपर्ने वाध्यता तथा विगत दुुई वर्षयता उद्योग व्यवसायीको मनोबलमा सुुधार आई बैंक कर्जाको माग वढ्न गएको छ तर मागअनुसार बैंकहरुले श्रोत नपाएको अवस्थाले गर्दा निक्षेप खोसाखोसको स्थिति रहेर नेपाल राष्ट्र्र बैंकवाट पनि हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने अवस्था आएको देखिन्छ ।

क्षेत्रीय कार्यालयलाई उत्कृष्ट बनाउन के योजना बनाउनु भएको छ ?

यस क्षेत्र प्रचुर आर्थिक विकासको सम्भावना बोकेको ठाउँ हो । यहाँ कृषि, पर्यटन, उद्योग तथा व्यापारिक नाका भएकाले व्यापारव्यवसाय विस्तार गर्ने क्षेत्रको रुपमा देखिएकाले हाम्रा कर्जा लगानीका कार्यक्रमहरु पनि सोह अनुसार सञ्चालन गरी कृषि क्षेत्रको व्यवसायकिरण, बजारीकरण तथा यान्त्रिकरण गर्ने, उद्योग स्थापनामा सघाउ पुराउने, पर्यटन क्षेत्रकोे विकासमा सहयोग गर्ने तथा व्यापार व्यवसाय विस्तारमा सहयोग पुग्ने गरी समग्र कायत्र्रmमहरु सञ्चालन गर्ने योजना बनाएका छौं । विशेषगरी गुणस्तरीय कर्जा लगानीमा जोड दिई आफ्नो श्रोत र साधानलाई अधिकतम भन्दा अधिकतम उपयोग गरी उच्चतम प्रतिफल प्राप्त गर्ने गरी हाम्रा कर्याक्रमहरु सञ्चालन गर्ने छौं । साथै बैंकले सञ्चालनमा ल्याएका आधुनिक बैकिंग सेवाहरुको वारेमा व्यापक प्रचारप्रसार गरी यस क्षेत्रमा बैंक पहुंच अभिबृद्धि हुने कार्य गरिने छ र आफ्नो सेवा विस्तारका लागि कपिलवस्तु जिल्लाका २ ठाउ‘ चन्द्रौटा र पकडीमा नयां शाखा खोली सेवा विस्तार गर्ने छौ । नेपाल सरकारले २०७५÷७६ को वजेट कार्यक्रममा ल्याएको शिक्षित युवा स्वरोजगार, विदेशवाट फर्केका युवा परियोजना, महिला उद्यमशिल, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा, भूकम्प पीडित निजी आवास निर्माण एवं व्यवसायिक कृषि तथा पशुपंछी जस्ता कर्जाहरुमा तोकिएको व्याज अनुदान प्रदान गर्ने उदेश्यले “सहुलियत पूर्ण कर्जाका लागि व्याज अनुदान कार्यक्रम, २०७५” लाई सघाउ पुग्ने गरी हाम्रा कार्यक्रमहरु सञ्चालित हुनेछन् र उत्कृष्ट क्षेत्रको रुपमा अगाडि बढ्ने छौ ।

अधिकांश सरकारी कार्यालयले सरकारी बैंकमै कारोबार नगरी निजी बैंकमा गर्छन्, खास कारण के हो ?

नेपाल सरकारले आफ्नो पूँजी लगानी गरी नेपाली जनतालाई बैंकिंग सेवा पु¥याउने र जनताको बैंकसँगको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले सरकारी स्तरवाट नेपाल बैंक, कषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक स्थापना गरेको हो । सोहीअनुरुप आफ्नो पुँजी लगानी भएपछि लगानीकर्ताले सो पुँजीको अधिकतम परिचालन गर्ने र सो को अधिकतम प्रतिफल खोज्नु पर्दछ । यसकारण जुन ठाउँमा सरकारी बैंकका शाखाहरु स्थापना भएका छन् सो स्थानमा सरकारी कारोवारहरु सरकारी बैंकवाटै होस भन्ने चाहना नेपाली जनताको छ । अझै पनि निजी बैंकहरु स्थापना भएका स्थानमा पनि सरकारी बैंकका शाखाहरु विस्तार गर्नु प¥यो भनी डेलिगेसन आउने, शाखा स्थापनाका लागि माग गर्ने अवस्थाहरु छन् । तर, यसमा राज्यस्तरबाट कताकता ध्यान नपुगेको जस्तो अनूभुति तपार्ई हामीलाई हुनु स्वभाविक हो । यसमा कतिपय बाध्यताहरु प्नि होलान ।

अन्त्यमा, आम नागरिकले कृषि विकास बैंकलाई नै किन रोज्ने ?

मैले अघि नै भने कृषि विकास बैंक नेपाल सरकारले आफ्नो पूँजी लगानी गरी नेपाली जनतालाई बैंकिंग सेवा पु¥याउने र जनताको बैंकसँगको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले सरकारी स्तरवाट स्थापना गरेको बैंक हो । यसले आफ्ना २७७ भन्दा वढी शाखाहरुवाट ग्रामीण इलाकादेखि शहरी ईलाकासम्म अत्याधुनिक प्रविधिमा आधारित सेवाहरु प्रदान गरिरहेको छ । हाल यसमा नेपाल सरकारको ५१ प्रतिशत स्वामित्व छ भने बाँकी २ लाख ४८ हजार भन्दाबढी शेयर धनी महानुभावहरुको यस बैंकमा शेयर छ । यसले गर्दा हामीले कमाएको पैसा कित सरकारी खातामा जान्छ कित नेपाली जनताहरुको खातामा जान्छ । एनसेल प्रकरण जस्तो पनि नहुने हुँदा आम नेपाली दाजुभाइ, दिदीबहिनीले यस बैंकलाई रोज्नुपर्छ जस्तो लाग्छ ।

Facebook Comments