सुत्केरी हुँदाको पीडा मैले पनि महसूस गर्छु

                                                                                                                                                                                                           –उमेशचन्द्र रिजाल

औपचारिक शिक्षाबाट बिमुख धेरै हात्तिहान संसारभर प्रसिद्ध छन, कसै कसैले त स्कूल र कलेजको अनुहार नै देखेनन् । “रे व्यार्डवरी” ले हाइस्कूलको पढाइसकेपछि कलेज जान मन नै गरेनन, उनलाई कलेजमा विश्वास नभए पनि लाइव्ररीमा विश्वास थियो । क्लासिक प्रद्धि पुस्तक …Fahrenheit 45 1` (फरेनहाइट ४५१) लेखे र प्रसिद्ध पनि कमाए । पढ्दै नपढेका तर लेखपढ गर्न जान्ने धेरै धेरै छन्, यसको लेखाजोखामा यो लेख उन्मूख छैन तर वर्तमान अवस्थामा धेरै यस्ता कवि, कलाकार, व्यंग्यकार, राजनीतिक, पत्रकारहरु छन जसले विना डिग्री साहित्यको साधना गरेका छन्, स्वास्थ्य सेवा, प्रहरी सेना वा अन्य निकायमा काम गर्नेहरुले साहित्य उत्थानमा योगदान पु¥याएका छन ।

वर्तमानको वास्तविकता अलि फरक रहेको भान भएको छ । धेरै विद्धानहरु (डिग्री होल्डर) आफुलाई सर्वेसेवा ठान्छन, हरेक क्षेत्रमा यस्ता विद्धानहरु यति सम्म मन भ्याउँछन् कि “सुत्केरी हुँदाको पीडा मैले पनि महसुस गर्छु ।” जोर जोरले तालीको गडगडाहट बीच उनी उत्तेजित हुँदै भन्छन, “शहिद हुनुको पीडा मैले महसूस गरेको छ” फेरी ताली…. । यस्ता विद्धानहरु उत्तेजित हुँदै हुँकार ठोक्छन । दशैंमा खसि बोका काटिदा म आफै काटिएको महसूस गर्छु । ताली ताली र फेरी ताली । आफै घरमा आएर आफ्नी श्रीमतीलाई भन्छन “ दशैं आइसक्यो एउटा खसी खोज्न प¥यो । यस्ता विद्धानहरुले आफु भन्दा कम पढेका वा लेखपढ गर्न मात्र जान्नेहरुलाई उनीहरुद्वारा निर्मित संस्थाको घेराभित्र छिर्न दिदैं दिदैंनन् ।

रिक्साचालक, ड्राइभर, फुटपाथमा पालिस लगाउने, साना पसलेहरुको भावना के भावना होइन ? उनीहरुद्वारा रचित जीवनका उकाली ओरालीले के साहित्य क्षत–विक्षत पार्छन र ? केही डिग्रीहोल्डरहरुको कैद भएर रहेको छ, नेपाली साहित्य जिल्ला अदालत अगाडी एक वकिल मित्र संग भेट भयो, उनले भने, “मिडिया, पत्रपत्रिका, रेडियो, टेलिभिजन सबै डिग्री होल्डरका पछाडी घुम्दा रहेछन्, नाटक नआएपछि के गर्नु ? जति राम्रो लेखे पनि “त्यो” वा “उ” राजनैतिक दलको पछाडी लाग्नुपर्ने…. होइन भने रचनाहरु रद्दीको टोकरीमा……….”

मकालु स्टेशनर्समा धेरैथरी मानिसहरु आउँछन । त्यहाँ दुइ वा तीन मिनेट वस्दा पनि आफ्नो रचनाका लागि सामाग्री पाइहाल्छु । यस्तैमा सधैं कवि गोष्ठी, साहित्यिक कार्यक्रम र सामाजिक कार्यक्रममा जाने एक मित्रले भने, “हेर्नुहोस् सर ! जबसम्म उनीहरुको वरिपरी घुमिन्न हाम्रो अस्तित्व स्विकार गरिन्न ।”
उनको भनाइले मेरो हृदय छुनै सकेन, एउटा रिक्सावाल, ड्राइभर वा आफुभन्दा कम हैसियत भएका (डिग्री) हरुको यिनले किन मूल्यांकन गर्नुप¥यो, जब देश नै यसरी चलेको छ भने ।

पत्रकारहरु, साहित्यिक संस्थाहरु जसले राज्य सञ्चालकहरुको निगरानी गर्नुपर्ने हो, उनीहरुलाई नै “प्रमुख स्थान” दिएपछि साहित्यको मृत्यु (नेपाली) हुने निश्चित छ , न यहाँ देवकोटाको आगमन हुन्छ, न महान साहित्यकारको….. ।
ठूला ठूला व्यापारीहरु, सुरक्षा बलका प्रमुखहरु, जिल्ला प्रशासन प्रमुखहरु, साहित्यकार, लेखक र समाजसेवी हुन सक्छन र छन पनि । तर यस्तो कुनै पनि गुण नभएकाहरुलाई साहित्यिक कार्यक्रममा उच्च आसनग्रहण गराउनुको गुढ रहस्य के हो ?? उनीहरुको सम्मान त्यही स्थानमा गर्नु उपयुक्त हुन्छ ।
अर्को पाटो हेरौंः पत्रपत्रिका, रेडियो, टेलिभिजन आदिको काम भनेको जनतालाई सुनिश्चित गर्नु नै हो । तर बिडम्बना हेर्नुहोस् जसका बारेमा सूचना संकलन गर्नुपर्ने हो उसैलाई “प्रमुख स्थान” दिइन्छ । अनि आम नागरिकले के बुझ्ने ? के सोच्ने ? जिल्लाका सि.डि.ओ. प्रमुख अतिथि भएको कार्यक्रम समाप्तीपछि एक साहित्यकार जो ताली दिर्घामा थिए, आश्चर्य व्यक्त गरे र भने, “ यस्ता कार्यक्रममा आफ्नो भावना व्यक्त गर्न कठिन हुन्छ ।”

कुनै पनि साहित्यिक संस्थाले भन्सार प्रमुख, बैंक सिइओलाई प्रमुख अतिथि, विशिष्ट अतिथि बनाएको बुझन सकिन्छ र सबैले बुझेका पनि होलान् ।
तर जिन्दगीभर कलम घोटेर, रातभर नसुतेर, आफ्नो परिवारको वास्ता सम्म नगरेर साहित्य श्रृजना गर्नेहरुलाई ताली पढकाउने ठाउँमा किन राखिन्छ ?? किन ?
प्रश्न गम्भीर छ, निकै ठूला विद्धानहरु (डिग्री होल्डर ) शक्तिका अगाडी घुँडा टेकेपछि नेपाली साहित्यको दुर्दशा नभएर के हुन्छ ??
उद्योगपति, व्यापारीहरु, ठेक्का लिने ठेकेदारहरु जिल्लाका शक्तिशाली निकायहरु किन तथाकथित पत्रकार र साहित्यकारहरुसंग त्रसित छन ? यसका पनि कयौं पाटाहरु छन । आफ्नो खुन र पसिनाद्वारा सञ्चालित उद्योग, व्यापार, कलकारखाना क्षणमै ध्वस्त हुन सक्दछन । प्रशासकहरु आफ्नो नालायकीपन लुकाउन तथाकथित (डिग्री होल्डर) हरुलाई आफ्नो प्रभावमा पार्दछन् ।आर्थिक सहयोग र अन्य सुविधाहरु आउँछ आखिर कहाँबाट ?? तपाईहरुले कसरी होटल, रिर्सोटमा साहित्यिक कार्यक्रम गर्न सक्नुहुन्छ । यसको पर्दा उठाउँछु अर्को लेखमा ।

 

Facebook Comments