सिर्जनशील साहित्यिक समाजको १६६औं साहित्यिक सङ्गम

गौतमबुद्ध सन्देश
भैरहवा, २१ असोज । सिर्जनशील साहित्यिक समाज सिसास भैरहवा रुपन्देहीको १६६ औं नियमित मासिक साहित्यिक सङ्गम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला विकास समिति रुपन्देहीका पूर्व स्थानिय विकास अधिकारी एवं कवि नारायण ज्ञवालीले रुपन्देही जिल्ला साहित्यको उर्वर भुमि भएको बताउंदै मोफसलमा निरन्तर रुपमा उत्साहजनक तरिकाले सिर्जनशील साहित्यिक समाजले निरन्तर रुपमा कार्यक्रम गरिरहेको बताउंदै संस्थाको प्रशंसा गरेका थिए ।

कार्यक्रममा साहित्यकारहरु सीता काफ्ले, लक्ष्मी प्रसाद अधिकारी, घनश्याम विश्वकर्मा, वासुदेव पोखरेल, धु्रव नारायण लाल कर्ण लगायतले रचना पाठ गरेका थिए । कार्यक्रमको सञ्चालन सदस्य कमल पोखरेल र स्वागत मन्तव्य सह–सचिव धन बहादुर गहतराजले गरेका थिए ।

Facebook Comments