नयाँ भू–उपयोग ऐन छिट्टै : मन्त्री अर्याल

गौतमबुद्ध सन्देश
बुटवल, ६ माघ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले मुलुकको आर्थिक विकासमा सहकारीहरुलाई साथमै लिएर अगाडी बढ्ने बताएकी छन् ।

शनिबार देखि बुटवलमा सुरु भएको ‘सहकारी क्षेत्रको प्रवद्र्धनमा राष्ट्रिय सहकारी नीतिको कार्यान्वयन तथा प्रदेश एवं स्थानीय तहको भुमिका’ विषयक प्रादेशिक गोष्ठीमा बोल्दै मन्त्री अर्यालले आर्थिक विकासमा सहकारीहरुले पु¥याएको योगदानको राज्यले सदैव सम्मान गर्ने बताइन् ।
सहकारी क्षेत्रका समस्या समाधानका लागि सरकार सरोकारवाला निकायहरुसँग छलफल गरेर अगाडी बढ्न तयार रहेको भन्दै उनले समृद्धिको यात्रामा सहयोग गर्न सहकारीकर्मीहरुलाई आग्रह समेत गरिन् । यस अघि पत्रकारहरुसँगको भेटमा मन्त्री अर्यालले नयाँ भू–उपयोग ऐन छिट्टै आउने बताइन ।
ऐनको मस्यौदा तयार भइसकेको र अबको केही समयमै पूर्णता पाउने मन्त्री अर्यालको भनाइ छ ।

मन्त्री अर्यालले मालपोत ऐन, गुठी ऐन, सहकारी ऐनहरु संशोधन गर्दै नयाँ भू–उपयोग ऐन बनाउने र त्यसले समृद्धिका लागि बाटो तय गर्ने दाबी गरिन् । सरकारले जमिनलाई सात भागमा वर्गीकरण गर्दै नयाँ ऐनलाई कार्यान्वयनमा ल्याउने उनले बताइन् ।

मुलुकमा पहिलोपटक भू्–उपयोग नीति ल्याएर भूमिको व्यवस्थापन गर्न खोजिएको र त्यसले भूमिसँग सम्बन्धित समस्याको दीर्घकालीन समाधानको अपेक्षा गरिएको बताइन् । ऐन बनेपछि अब कसैले पनि जमिन बाँझो राख्न नपाइने बताउदै उनले त्यसका लागि प्रत्येक स्थानीय तहले आफ्नो पालिकाको जमिनको अवस्थाको विवरण माथिल्ला तहका पेश गर्नुपर्नेमा जोड दिइन् ।

राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष केशव प्रसाद बडालको सभापतित्वमा सम्पन्न गोष्ठी उद्घाटन कार्यक्रममा प्रदेश नं ५ की भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री आरती पौडेल,राष्ट्रिय सहकारी महासंघ लि.का सञ्चालक भिम तुलाचन लगायतले आ आप्नो भनाई राखेका थिए ।

यसैबीच तिन वटै तहका सरकारले निर्माण गर्ने नीति सहकारीमैत्री हुनुपर्ने सम्बन्धित क्षेत्रका विज्ञहरुले जोड दिएका छन् । सहकारीहरुको सार्थक सहभागिता बाट मात्रै संबिधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुन सक्ने भन्दै उनिहरुले त्यसकालागि सहकारीमैत्री ऐन आवस्यक रहेको बताए । राष्ट्रिय सहकारी विकास बोर्ड र राष्ट्रिय सहकारी महासंघद्धारा बुटवलमा आयोजित ‘सहकारी क्षेत्रको प्रवद्र्धनमा राष्ट्रिय सहकारी नीतिको कार्यान्वयन तथा प्रदेश एवं स्थानीय तहको भुमिका’ विषयक प्रादेशिक गोष्ठीमा बोल्दै सो क्षेत्रका विज्ञहरुले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लि का अध्यक्ष केशव प्रसाद बडालले ‘ सहकारी क्षेत्रको प्रवद्र्धनमा सहकारीमैत्री कानुन’ विषयक कार्यपत्र प्रस्तुत गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा सहकारीहरुको भुमिका महत्वपुर्ण रहने बताए ।

सहकारीताको सिद्धान्त अंगालेकै कारण जापान,अमेरीका,युरोपका कतिपय मुलुकहरुले तिब्र आर्थिक विकास गरेको बताउदै उनले त्यसका लागि राज्यले सहकारीमैत्री ऐन ल्याउनुपर्ने आवस्यकता औल्याए ।

सन् २०२२ सम्ममा अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा पुग्ने नेपालको लक्ष्य प्राप्ति गर्ने लगायतका दिगो विकास लक्ष्य हाशील गर्न पनि सहकारी क्षेत्रको भुमिका अनिवार्य रहेको विचार ब्यक्त गरे । नेपाल सहकारी अनुसन्धान केन्द्रका अध्यक्ष डा.ज्ञानेन्द्र पौडेलले ‘सहकारी क्षेत्रको प्रवद्र्धनमा राष्ट्रिय सहकारी नीतिको कार्यान्वयन’ विषयक कार्यपत्र प्रस्तुत गर्दै सहकारीताको सिद्धान्तलाई अंगिकार गरेका मुलुकहरुले छोटो समयमै आर्थिक विकास गर्न सफल भएको उदाहरण प्रस्तुत गरे ।

सहकारीहरुले उत्पादनशील क्षेत्रमा लगानि गर्नुका साथै लगानिका नयाँ÷नयाँ क्षेत्र पहिचान गर्नुपर्ने बताउदै उनले त्यसकालागि नयाँ÷नयाँ खोज र अनुसन्धान गर्नुपर्ने आवस्यकता औल्याए ।

सहकारी क्षेत्रमा थुप्रै अवसर र चुनौतिहरु रहेको बताउदै अध्यक्ष पौडेलले चुनौतिहरुलाई अवसरको रुपमा उपयोग गर्न सहकारीमैत्री ऐन आवस्यक रहेकोमा जोड दिए ।  विश्वका कतिपय माध्यमबाट विश्वका दुइ दिने को विकास हुने त्यस क्षेत्रका विज्ञहरुले बताएका छन् ।

दुई दिन सम्म सञ्चालन हुने सो गोष्ठिमा आइतबार राष्ट्रिय सहकारी महासंघ लि का सञ्चालक चन्द्र ढकालले ‘समृद्धिको यात्रामा प्रदेश तथा स्थानीय सहकारी सरकार र सहकारी विचको सम्बन्ध’ विषयक कार्यपत्र प्रस्तुत गर्नुका साथै प्रदेश तथा स्थानीय सहकारी ऐन,नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन,सरोकारवालाहरुबीच समन्वय र सहकार्यका बिषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ,कार्यक्रममा राष्ट्रिय सहकारी बोर्डका सह अध्यक्ष दक्ष पौडेलले संघीयताको कार्यान्वयनसँ सँगै सहकारी सिद्धान्त पनि कार्यान्वयन गर्दै जानुपर्ने बताए । सहकारीताको माध्यमबाट मुलुकको ब्यापार घाटा कम गर्न सकिने बताउदै उनले सहकारी शिक्षाको आवस्यकता औल्याए ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *