पृथ्वी जयन्ती मनाइयो

गौतमबुद्ध सन्देश
भैरहवा, २८ पुस ।
देशभर विभिन्न कार्यक्रम गरेर २९७ औं पृथ्वी जयन्ती मनाइएको छ । पृथ्वी जयन्तीको अवसरमा भैरहवामा पनि कार्यक्रम गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) रुपन्देहीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री दिपक बोहराले आजको नेपाल हुनुमा पृथ्वी नारायण शाहको योगदान भएको चर्चा गर्दै उनको जन्मजयन्तीमा सरकारले सार्वजनिक विदा दिइ साझा रुपमा बनाउनुपर्नेमा जोड दिए । इतिहासलाई भुल्ने र मेटाउने काम गर्नु अनुचित हुने भन्दै जुनसुकै शासन व्यवस्थामा पनि पृथ्वी नारायणको योगदान र महत्व उत्तिकै रहने बताए ।
राप्रपा (प्रजातान्त्रिक)ले ¥याली सहित कार्यक्रम गरेको थियो ।

१७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले बाइसे चौबिसेको संख्यामा रहेका स–साना टुक्रा राज्यलाई एकीकरण गरी आधुनिक नेपालको निर्माण गरेका हुन् । राज्य सञ्चालनका सिलसिलामा उनले त्यस बेला व्यक्त गरेका विचार अहिले पनि उत्तिकै सान्दर्भिक छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *