अनाथ आश्रमलाई सहयोग

गौतमबुद्ध सन्देश
भैरहवा, २७ पुस ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ स्थित कोटिहवामा रहेको नेपाल अविनाथ अनाथ आश्रममा लायन्स क्लब अफ सिद्धार्थनगर युथले ९० बोरा सिमेन्ट सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रमको भवन निर्माण (ढलान) को लागि सिमेन्ट सहयोग गरिएको क्लबका अध्यक्ष विनय कशौधनले बताए । आश्रमको भवन ढलानमा थोरै भए पनि सहयोग पुगोस भन्ने उद्धेश्यले सिमेन्ट हस्तान्तरण गरिएको कशौधनले जानकारी दिए । अध्यक्ष कशौधनले समाज सेवा गर्ने उद्देश्यले संस्था स्थापना गरिएकाले विभिन्न कार्यक्रमहरु आयोजना गरी सहयोगका काम गरिरहेको जनाए । उनले विपन्न वर्ग र आश्रमहरुमा आश्रय लिइरहेकालाई विशेष प्राथमिकता दिइएको बताए । आश्रममा ४० जना बालबालिका छन् ।

 

Facebook Comments