सूर्यभक्त–पतनादेवी पत्रकारिता पुरस्कार चार जनालाई

गौतमबुद्ध सन्देश
परासी, २४ पुस ।

सूर्यभक्त–पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट चार जना पत्रकार पुरस्कृत भएका छन् । पुरस्कृत हुनेहरुमा न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष पोषण केसी, गोरखापत्र दैनिकका बसन्तप्रकाश उपाध्याय, राष्ट्रिय समाचार समितिका जिल्ला संवाददाता पुरुषोत्तम सुवेदी र स्तम्भकार गणशेखर शर्मा रहेका छन् ।

नेपाल प्रेस युनियन नवलपरासी बर्दघाट सुस्ता पश्चिम शाखाले स्थापना गरेको यो पुरस्कारको राशी जनही २५ हजार १ सय २५ रुपैयां र ताम्रपत्र रहेको छ । प्रत्येक वर्ष दुई जना पत्रकारलाई दिइंदै आएको यो पुरस्कार यसपटक गत वर्ष र यस वर्षको गरी चारजनालाई प्रदान गरिएको यूनियनका सभापति वीरेन्द्र पराजुलीले जानकारी दिए ।

चारै जना पत्रकारलाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुरस्कारको राशी र ताम्रपत्र प्रदान गरेका छन् । नेपाल किसान संघका संस्थापक अध्यक्ष एवं नवलपुरका अग्रज राजनीतिज्ञ सूर्यभक्त अधिकारी र उनकी धर्मपत्नी पतनादेवीको स्मृतिमा उनका जेठा छोरा मदनभक्तको आर्थिक सहयोगमा अक्षयकोषको स्थापना गरी प्रेस यूनियन नवलपरासी शाखाले सो पुरस्कार स्थापना गरेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *