अध्यक्षमा बुढामगर

गौतमबुद्ध सन्देश
भैरहवा, १६ पुस ।
नेपाल मगर विद्यार्थी संघ पक्लिहवा क्याम्पस इकाइ समितिको अध्यक्षमा सृष्टि बुढामगर चयन भएकी छन् । समितिको भैरहवामा सम्पन्न दोस्रो अधिवेशनले बुढामगरको अध्यक्षतामा आगामी कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा चन्द्रकला रानामगर, सचिवमा प्रकाश थापा, सहसचिवमा अशोक सारु, कोषाध्यक्षमा आशा थापा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सोनी थापा, सुष्मा रेश्मी, स्मृति राना, राधिका घर्तीमगर, प्रविन ढिसुवामगर, राजेन्द्र पुनमगर, भरत पुनमगर र विमल मगर छन् ।

निर्वाचित कार्यसमितिलाई नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिका पूर्वसचिव तथा सिद्धार्थनगर नगरपालिका न्यायिक समिति सदस्य उमेश थापामगरले सपथ खुवाएका थिए । किरण गाहामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मगर संघका अञ्चल सहसचिव प्रदिप घर्तीमगर, पूर्वकेन्द्रीय सचिव उमेश थापा, दिपक दर्लामी, मनिष फाल मगर, सागर रेश्मी मगर, झकबहादुर आले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *