मुख्यमन्त्री र सभामुखका कारण राजधानीमा ढिलाई : खांण

गौतमबुद्ध सन्देश
बुटवल, १६ पुस ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांणले मुख्यमन्त्री र सभामुखको अनिच्छाका कारण प्रदेश ५ ले स्थायी राजधानी र नामाकरण तोक्न नसकेको बताएका छन् । नेपाल प्रेस यूनियन रुपन्देहीले आइतबार बुटवलमा गरेको पत्रकार भेटघाटमा खांणले मुख्यमन्त्री शंकर पोखरेल र सभामुख पूर्णबहादुर घर्ती बुटवललाई प्रदेश राजधानी बनाउने पक्षमा नभएकाले ढिलाई भएको बताए । ‘उहाँहरुलाई अर्को चुनाव बिग्रन्छ भन्ने लागेको छ, त्यसैले बुटवलको हावापानी ठीक लाग्दैन उहांहरुलाई’–खांणले भने –‘उहांहरुको कार्यकालसम्म प्रदेशले स्थायी राजधानी र नामाकरण पाउंदैन जस्तो लाग्न थाल्यो ।’ अन्तराष्ट्रिय विमानस्थल,सडक पुर्वाधार सबै हिसाबले बुटवल स्थायी राजधानीका लागि उपयुक्त भएको खांणको तर्क छ । बुटवलबाट अन्यत्र सार्न दुई तिहाई चाहिने तर उहाँहरु ( मुख्यमन्त्री र सभामुख) ले दुई तिहाई पु¥याउन नसक्ने हुंदा प्रदेश सभाले पनि बुटवललाई नै स्थायी राजधानी तोक्ने खांणले दावी गरे । खाँणले संबिधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनताको अधिकारका विषयमा सदन र सडकमा सशक्त आवाज उठाउने बताए । सरकार र सत्तारुढ दल संघिय लोकतान्त्रिक गणतन्त्रप्रति भित्रैबाट प्रतिबद्ध र इमान्दार नदेखिएको दावी गर्दै उनले प्रमुख प्रतिपक्षी दल काग्रेसले सडक र सदनमा सशक्त भुमिका निर्वाह गर्ने बताए । संविधानको रक्षा, संघिय लोकतान्त्रिक गणतन्त्र र जनताका अधिकारप्रति सरकारको नेतृत्व गरेको पार्टी र नेताहरु जिम्मेवार र जवाफदेही देखिनु भएन त्यसैले अव शसक्त भुमिका निर्वाह गर्छौ नेता खाँणले भने ।

सरकारलाई सहयोग गर्दै जिम्मेवार प्रतिपक्षमा रहदा सरकारका मन्त्रि र नेताहरुले नै प्रतिपक्ष कहा छ टर्च लाइट बाले खाज्नु पर्ने भयो भन्नुहुन्छ अव सदनमा प्रतिपक्ष यहा छ भनेर देखाउने बेला आएको छ नेता खाणँले भने । सदनमा कांग्रेसले सहयोग गर्दा पनि सरकार र सत्तारुढ दलले लोकतान्त्रिक व्यवस्थाका कारण विकास निर्माणका काम गर्न नसकेको बताउनु सत्तारुढ दलमा भित्रभित्र निरंकुश सोंच र चरित्र भएका उहाले भन्नुभयो नाच्न नजान्ने आगन टेडो भएको छ अहिले बताए । ५० अर्ब माथिका परियोजना प्रधानमन्त्री कार्यालयबाट कार्यान्वयन गर्ने लगायत विभिन्न मन्त्रालयका अधिकार प्रधानमन्त्री कार्यालयमा थुपार्ने कार्यको कांग्रेसले सशक्त प्रतिवाद गर्ने उनले बताए । बाइडबडी विमान खरिद प्रकरण, निर्मला पन्त प्रकरणलाई चालु सदनमा सशक्तरुपमा आवाज उठाउने बताए । नेपाली कांग्रेसमा महासमिति बैठक अघिका आशंकाहरु किनारा लागेको र नेताहरुबीच सैद्धान्तिक र बैचारिक कुनै बिवाद नभएकाले अव गाउदेखि केन्द्रसम्म नै कांगे्रस शसक्त हुने बताए । महासमिति बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा सदस्यहरुले उठाएका बिषयलाई समेटेर अव बस्ने केन्द्रिय समितिले अन्तिम रुप दिएपछि तत्कालका लागि गाउं देखि प्रदेश सम्म तदर्थ समिति बनाएर पार्टीलाई सशक्त र क्रियाशिल बनाउने बताए । कार्यक्रम युनियनका सभापति रेखा भुसालको सभापतित्व र सचिव श्यामशंकर पाण्डेको सञ्चालनमा भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *