संजीवनीद्धारा प्रदेशस्तरीय वक्तृत्वकला

गौतमबुद्ध सन्देश
बुटवल, १३ पुस ।

संजीवनी कलेज अफ मेडिकल साइन्सेज बुटवलले प्राविधिक शिक्षा र यसको महत्व विषयक प्रदेश नम्बर ५ स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । जसको छनौट चरण अन्तर्गत पाल्पा, रुपन्देही, कपिलवस्तु र नवलपरासीका विद्यार्थी बीच प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता कलेजका संचालक सदस्य होमराज बस्यालले गरेका थिए । कार्यक्रममा पूर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जी.सी., हिसान रुपन्देहीका अध्यक्ष कृष्ण पौडेल, कलेजका प्रिन्सिपल सुमित्रा कोइराला र कार्यकारी प्रमुख दिपक रोकाले मन्तव्य राखेका थिए ।

प्रतियोगितामा साविक लुम्बिनी अञ्चलका चार जिल्लाका मावि, कक्षा बाह्र (विज्ञान), र पि.सि.एल.हेल्थ साइन्सका गरी ३१ संस्थाका ३१ जना प्रतिष्पर्धीले भाग लिएका थिए । जिल्लागत रुपमा रुपन्देहको सिद्धार्थ वोर्डिङका महेश बञ्जाडे प्रथम तथा जिल्लाबाट अन्य ५ प्रतिष्पर्धी फाइनल प्रतिष्पर्धाको लागि छानिएका छन् । त्यसै गरी पाल्पाबाट न्यू होराइजन मावि पाल्पाका समीक्षा ढकाल प्रथम, नवलपरासीको महाकवि देवकोटा मावि, सुनवलका अभिषेक पंगेनी प्रथम तथा कपिलबस्तुबाट जनतामा.वि.का अमृत आचार्य प्रथम भइ ९ जना फाइनल प्रवेश गरेका छन् ।

अन्य जिल्लाहरुमा प्रतिष्पर्धा सम्पन्न भए पछि आगामी माघ महिनामा ग्राण्ड फिनाले बुटवलमा आयोजना हुने कलेजका प्रमुख कार्यकारी दीपक रोकाले जानकारी दिए । फाइनल प्रतिष्पर्धाका प्रथम, द्धितीय, तृतिय र सान्त्वनाले क्रमशः बीस हजार, पन्ध्र हजार, दशहजार र पच्चिस सय नगद, प्रमाणपत्र पाउने छन् । उक्त कार्यक्रमको सञ्चालन सुस्मिता श्रेष्ठले गरेकी थिइन् ।

 

Facebook Comments