‘कृषि विकास बैंकमा सबै बैकिङ्ग सुविधा’

बिष्णु भट्टराई
भैरहवा, ११ पुस ।
कृषि विकासमा बढी भन्दा बढी गतिशिलता ल्याइ सर्वसाधारण जनताको आर्थिक हित र सुविधा कायम गर्ने र कृषि क्षेत्रमा सुलभ र सरल पद्धति अपनाई पूँजी तथा ऋण उपलब्ध गराउने मुख्य उद्धेश्य सहित स्थापना भएको कृषि विकास बैंकले पछिल्लो समय सबै बैकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको छ ।

‘नीजि तथा अन्य बैंकहरुले जे जति बैंकिङ्ग सुविधा दिइरहेका छन् । ती सबै सुविधा कृषि विकास बैंकले पनि दिंदै आएको, कृषि विकास क्षेत्रीय कार्यालय भैरहवाका प्रमुख एवं क्षेत्रीय निर्देशक मिनराज पोखरेलले भने–अरुको प्रचार धेरै छ । हाम्रो काम बढी छ ।’ विश्वसनीय र प्रभावकारी सेवा सुविधा हुँदाहँुदै पनि कृषि विकास बैंकबाट प्रवाह हुने सुबिधाका बारेमा जनस्तर सम्म थाहा नहुनुलाई भने उनले प्रचारको कमी औल्याए ।

२०२४ साल माघ ७ मा स्थापना भएको यस बैंकका हाल २ सय ७५ शाखा रहेका छन् । दुर दराज तथा ग्रामीण भेग सम्म धेरै शाखा विस्तार तथा पहुँच पु¥याउने यो पहिलो बैंक पनि हो । सुरुमा कृषि क्षेत्रमा मात्र लगानी गर्दै आएको यस बैंकले हाल नीजि क्षेत्रका बैंकहरुसंग प्रतिष्पर्धा गर्दै सबै बैंकिङ्ग सुविधा समेत उपलब्ध गराउँदै आएको छ । कृषि विकास बैंकले बैंक जमान, प्रतितपत्र देखि एडीबिएल रेमिट, एजेनसी रेमिट जस्ता सुवबधा समेत दिदै आएको क्षेत्रीय निर्देशक पोखरेलले बताए । तर थाहा नभएका कारण कृषि विकास बैंकसंग लामो समय देखि कारोवार गरिरहेका कतिपय ग्राहकहरु समेत यही भएका सुविधा लिन समेत अन्य बैंकमा जाने गरेका छन् । यसो हुनुमा कृषि बिकास बैंकबाट प्रवाह हुने बैंकिङ्ग सेवा सुविधाको बारेमा जानकारी नहुनु मुख्य कारण रहेको उनले औल्याए । ‘हाम्रो पहिलो प्राथमिकता कृषि तथा उत्पादनमुलक क्षेत्रमा लगानी नै हो । ३५ प्रतिशत लगानी अहिले पनि कृषि विकास बैंकको कृषि क्षेत्रमै छ, उनले भने–यस बाहेक पनि हामीले एउटा बैंकले जे जति सुविधा दिनुपर्ने हो, त्यो सबै सुविधा दिएका छौ ।’

बृहत् समुदायमा आधारित शहर देखि गाँउ सम्म सेवा प्रदान गर्ने पुर्ण बैंकको रुपमा आधुनिक प्रविधि सहित विकसित यो बैंकले गुणस्तरीय बैंकिङ्ग सेवा, बजारमुखी रणनीति अवलम्वन र प्रतिष्पर्धात्मक दिगो प्रतिफल प्राप्त गर्ने रणनीति लिएको छ । कृषि विकास बैंकले बैंकिङ्ग व्यवसायमा ग्रामीण जनतालाई अभ्यस्त गराउने, पशु तथा बाली सुरक्षण कार्यक्रमलाई प्राथमिकता दिने, सरकारबाट प्राप्त अनुदान सामाजिक हितमा लगाउने, साना तथा घरेलुस्तरका कार्यक्रमलाई वित्तीय एवं प्राविधिक सहयोग उपलब्ध गराउने जस्ता कामहरु सुरु देखि नै गर्दै आएको छ । पछिल्लो समय विकसित बैंकिङ्ग प्रविधि तथा सेवा प्रवाहलाई विस्तार गर्दै कृषि विकास बैंकले विड वण्ड, परफरमेन्स वण्ड, मोबिलाइजेसन तथा अन्य विविध प्रकारका बैंक जमानतहरु न्युन धितो मार्जीन तथा सेवा शुल्कमा कर्जा सुविधा सबै शाखा मार्फत गर्दै आएको छ । त्यस्तै देशैभरका कार्यालयहरुबाट सरल प्रक्रिया, न्युनतम सेवा शुल्कमा कर्जा सुविधा सहित प्रतितपत्र सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

एटीएम, सि–आस्वा, स्मार्ट बैंकिङ्ग, भिषा डेबिट, क्रेडिट, बैंकिङ्ग एसएमएस जस्ता सुविधाहरु पनि कृषि विकासमा बैंकमा उपलब्ध रहेको निर्देशक पोखरेलले बताए । निक्षेपतर्फ साधारण बचत, समृद्धि बचत, बाआमा बचत, चेतनशिल नारी बचत, कृषक बचत, शेयरधनी बचत, कर्मचारी निवृत्तिभरण बचत, विदेशी मुद्रा बचत, मुद्धती निक्षेप, चल्ती निक्षेप, माग तथा अल्प सुचनामा प्राप्त हुने निक्षेप खाता पनि सञ्चालन गर्दै आएको छ । कर्जातर्फ विभिन्न ३६ शिर्षकमा बैंकले कर्जा प्रवाह गर्दै आएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *