योजना तुर्जमा गोष्ठी

गौतमबुद्ध सन्देश
कपिलवस्तु, ७ पुस ।
बालविवाह अन्त्य गर्न किशोरी सहजकर्ताहरुका लागि वार्षिक समिक्षा एवम् योजना तुर्जमा गोष्ठी सम्पन्न भएको छ । नेपाल परिवार नियोजन कपिलवस्तु शाखाको आयोजना, युएनएफपिएको सहयोगमा उक्त कार्यक्रम तौलिहवामा सम्पन्न भएको हो । नियोजनले वर्षभरीमा गरेका क्रियाकलापको समिक्षा गरिएको छ ।वर्षभरीमा उसले गरेका क्रियाकलाप, प्राप्त उपलब्धि र आगामी दिनको कार्यक्रमका लागि योजना तर्जुमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य सम्वन्धी क्रियाकलाप तथा किशोरकिशोरी र परिवार नियोजन सम्वन्धी गरिएका क्रियाकलाप, बालविवाह न्यूनीकरणमा किशोरीहरुले खेलेको भूमिका वारे जानकारी गराएका थिए । कार्यक्रममा युएनएफपिए कपिलवस्तुका प्रमुख चित्र महतोले जिल्लामा गरेका बिभिन्न क्रियाकलापवारे जानकारी गराएका थिए ।

नेपाल परिवार नियोजन संघका उपाध्यक्ष कृष्णकुमार केसीको अध्यक्षता, राजु पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति नारायण खनाल, कपिलवस्तु नगरपालिकाकी उपप्रमुख लक्ष्मी गुप्ता, शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारु लगायतले धारणा राखेका थिए ।

Facebook Comments