विद्यालयमा ट्राफिक सचेतना

गौतमबुद्ध सन्देश
भैरहवा, १२ मंसिर ।

विद्यालयका शिक्षक तथा विद्यार्थीका लागि ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम बुधबार भैरहवामा सम्पन्न भएको छ । दुर्गा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सिद्धार्थनगर वडा नम्बर ३, ५ र ६ को आयोजना तथा अमरज्योति इंगलिस बोर्डिगं स्कुलको सहकार्यमा सो कार्यक्रम भएको हो ।

सेवा केन्द्रका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव शैलेन्द ्रप्रसाद तुलाधरले गरेका थिए । विद्यालयका विद्यार्थीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब निरीक्षक डोर बहादुर थापाले सहजीकरण गरेका थिए ।

प्रहरी सामुदायिक साझेदारी अन्तर्गत भएको कार्यक्रममा विद्यालयका प्राचार्य सिष्टर जोशी जोसेफ, शिक्षक रुपा पुन, सेवा केन्द्रका नन्दकिशोर यादव, जानकी उपाध्याय भट्ट लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments