गैडहवाको एप्स सार्वजनिक

ललित पाण्डेय

सैनामैना, ४ मंसिर ।

जनतामा सुचना प्रदान गर्नको लागि रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकाले सोमबार आफ्नो एप्स सञ्चालनमा ल्याएको छ । गैडहवा गाउँपालिका (Gaidahawa Rural Municipality ) नाम गरेको एप्स सार्वजनिक गरिएको गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले बताए । जनतामा छिटोछरिता सुचना प्रदान गर्नको लागि एप्स सार्वजनिक गरिएको केवटले जानकारी दिए ।

मोबाईलमा (Gaidahawa Rural Municipality )एप्स डाउनलोड गरी गाउँपालिकामा भए गरेका गतिविधि र सुचनाहरु स्थानीयहरुले सजिलै थाहा पाउन सक्ने भएका छन । गैडहवा गाउँपालिका प्रविधिमैत्री बन्दै गएको छ । गाउँपालिकाको परिचय, गाउँपालिकाले निकालेको सुचना, नागरिक वडा पत्र, ऐन कानुन निदेशिका, सूचना, नीति तथा कार्यक्रम, टोल विकास संस्था सञ्चालन कार्यविधि, बजेट, विद्यालय, एप्समा राखिएको छ । गाउँपालिकाले यस अघि नै अनलाइनबाट नै घटना दर्ताको सुरुवात गरेको थियो ।

Facebook Comments