बालविवाह अन्त्यका लागि भलिबल प्रतियोगिता

गौतमबुद्ध सन्देश
भैरहवा, १७ कार्तिक ।
“नेपाली जुटौ, बालविवाह रोकौ, “केही गरौ सिकौं, भन्ने मुल नाराका साथ बालविवाह अन्त्यको अभियान सहित शुद्धोधन गाउँपालिका–५, मानपकडीमा आयोजित प्रथम खुल्ला महिला भलिबल प्रतियोगिताको शनिबार समापन भएको छ । कार्तिक १५, १६ र १७ गते तीन दिन सम्म सञ्चालन भएको प्रतियोगितामा शुद्धोधन र सियारी गाउँपालिका अन्तर्गतका १० टिमको सहभागिता रहेको थियो ।

महिला सशक्तिकरण र बालविवाह न्युनिकरण सहित महिला भलिबलले युवतीहरुको आत्मबल बढाउन सहयोग पु¥याउने नमुना एकीकृत विकास परिषद रुपन्देहीका अध्यक्ष ज्ञानु पौड्यालले बताइन् ।

एभरग्रीन स्काइ क्लबको आयोजना तथा वडा कार्यालय शुद्धोधन–५ को मुख्य सहयोगमा आयोजित प्रतियोगितामा राइजिङ स्टार स्काइ क्लब सियारी प्रथम, एभरग्रीन स्काइ क्लब शुद्धोधन द्वितीय तथा मर्निङ शाइन स्काइ क्लब शुद्धोधन तृतीय स्थान हासिल गर्न सफल भएको छ । त्यसै गरी बेस्ट प्लेयरको उपाधी बसन्ती न्यौपाने, बेस्ट सटरको उपाधी मनिका कार्की तथा बेस्ट डिफेन्डरको उपाधि पुजा भुसालले प्राप्त गरेका छन ।

क्लबका लिडर विद्यावती चौधरीको अध्यक्षता तथा शुद्धोधन गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुन्नेराम गौतमको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि तथा क्लबका लिडरले विजेतालाइ शिल्ड, मेडल तथा प्रमाणपत्रले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले कार्यक्रम प्रतिभा प्रस्फुटन गर्न मात्र नभइ महिला हिंसा विरुद्ध आवाज बुलन्द गर्न समेत सघाउ पुग्ने बताए । एभरग्रीन स्काइ  नमूना एकीकृत विकास परिषद भैरहवा तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा सञ्चालित युवा विकास तथा शसक्तिकरण परियोजना अन्र्तगत स्थापित क्लब हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *