गैडहवाको सार्वजनिक सुनुवाइ

गौतमबुद्ध सन्देश
भैरहवा, १२ कार्तिक ।
गाउँपालिकाबाट भए गरेको विकास निर्माण र सेवा प्रवाह बारे गाउँपालिकावासीलाई जानकारी दिने उद्धेश्यले रुपन्देहीको गैडहवा गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा गुनासो गर्ने गाउँपालिकावासीहरुले कृषक समुहलाई मात्र नभइ कृषकलाई पनि अनुदान दिनुपर्ने, पहिला भन्दा बढी बजेट गाउँपालिकामा भएकोले विकास निर्माण कार्यक्रममा अझ बढी जोड दिनुपर्ने, जनप्रतिनिधिहरुले आफ्नो व्यक्तिगत सेवासुविधा भन्दा पनि नागरिकको समस्या समाधानमा केन्द्रीत हुनुपर्ने माग गरे ।

कार्यक्रममा गाउँपालिकावासीहरु अयोध्या सिंह, रामकिशुन नायक, योगेन्द्र सिंह चौधरी, रामअवतार यादव, मुन्सीप्रसाद भर लगायतले गाउँपालिका समस्याका बारेमा औल्याएका थिए ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बच्चुलाल केवटले पर्यटकीय सम्भावना बोकेको गैडहवा गाउँपालिकाको विकासको लागि जनप्रतिनिधिहरु प्रतिबद्ध भएर लाग्ने बताए । उनले गाउँपालिका विकासको लागि गाउँपालिकावासीको पनि सहयोग हुनुपर्नेमा जोड दिए । कृषि हबको रुपमा चिनिएको गाउँपालिकाको समृद्धिको लागि सबैका भुमिका हुनुपर्छ, केवटले भने । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेकराज भट्टराई, कृषि शाखा प्रमुख गिरीराज पाण्डे लगायतले गाउँपालिकावासीको प्रश्नको जवाफ दिएका थिए ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *