नेकपाको क्षेत्रीय बैठक

गौतमबुद्ध सन्देश
भैरहवा, १२ कार्तिक ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) क्षेत्र नम्बर ३(१) को बैठक भैरहवामा सम्पन्न भएको छ । पार्टीका नेता श्याम खरेलको अध्यक्षता, केन्द्रीय सदस्य तथा पूर्व भुमिसुधार राज्यमन्त्री हकिकुल्ला खाँको प्रमुख आतिथ्यता तथा चोपलाल आचार्यको सञ्चालनमा सम्पन्न विस्तारित बैठकले यही कार्तिक १७ गते बुटवलमा पार्टीले आयोजना गर्न लागेको शुभकामना आदानप्रदान तथा विशाल आमसभालाई भव्य रुपमा सफल बनाउन ५ हजारको संख्यामा कार्यकर्ता बुटवलमा पठाउने निर्णय गरेको छ । बुटवल हुने कार्यक्रमलाई सफल बनाउन तयारी बैठक सम्पन्न भएको पार्टीले जनाएको छ ।

पार्टीका केन्द्रीय अध्यक्षद्वय तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विष्णु पौडेलको उपस्थिीतिमा हुने आमसभा तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सफल बनाउन क्षेत्र नम्बर ३(१) को ध्यान केन्द्रित हुने पार्टीले जनाएको छ । बैठकमा पार्टीका नेता आदित्य नारायण कशौधन, विश्व बराल (अनुप) र हितराज पन्थीले निर्देशनात्मक प्रशिक्षण दिएका थिए ।

बैठकमा पार्टीका नेता तथा पूर्व सांसद आदित्य नारायण कशौधन, नेकपा रुपन्देही कार्यदल सदस्य विश्व बराल(अनुप), नेताहरु भरत पोखरेल, राजेन्द्र पन्थी, हितराज पन्थी, जिल्ला कमिटी सदस्य, नगर समिति सदस्य, वडा कमिटीका पदाधिकारी जनवर्गिय संगठनका अध्यक्षहरु लगायतको उपस्थिीति रहेको थियो । बैठकले सबै कमिटीको कार्यविभाजन समेत गरेको चोपलाल आचार्यले जानकारी दिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *