हिन्दू स्वयंसेवकको मार्चपास

गौतमबुद्ध सन्देश

भैरहवा, ११ कार्तिक ।

हिन्दू स्वयंसेवक संघ नेपाल भैरहवा विभागको आयोजनामा भैरहवामा मार्चपास(पथ सञ्चालन) गरिएको छ । हिन्दु धर्म तथा संस्कृतिको संरक्षण गर्ने र राष्ट्र निर्माणमा हातेमालो गरेर अगाडी बढनुपर्छ भन्ने सन्देश दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको हिन्दु स्वयंसेवक संघ नेपाल लुम्बिनी अञ्चल सचिव रविकान्त उपाध्यायले बताए ।

मार्चपास सिद्धार्थनगर–४ स्थित हनुमान मन्दिबाट सुरु भइ गल्लामण्डी, मिलनचोक, नारायणपथ, बुद्धचोक, प्रभातपथ हुँदै नेपाल नालन्दा आवासीय मा.वि.मा पुगेर समापन भएका थियो । मार्चपासका विद्यार्थीहरुलाई प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले हौसला प्रदान गरेका थिए ।

मार्चपासमा हिन्दु स्वयंसेवक संघद्धारा भैरहवामा आयोजित प्राथमिक शिक्षा वर्ग–२०७५ मा सहभागि विद्यार्थीहरु सहित १ सय जनाको सहभागिता रहेको हिन्दु स्वयंसेवक संघ नेपाल भैरहवा विभागले जनाएको छ ।

Facebook Comments