संविधानमा महिला समानताको समिक्षा

गौतमबुद्ध सन्देश

भैरहवा, २३ असोज ।

संविधानमा महिला समानताको समिक्षा बारे दुई दिने कार्यशाला भैरहवामा सम्पन्न भएको छ । वुमन एक्ट र इन्टरनेशनल आइडिआको संयुक्त आयोजनामा उक्त कार्यशाला सम्पन्न भएको हो ।

संविधानमा भएको लैंगिक विभेद सम्बन्धि व्यवस्था र सो को कार्यान्वयन तथा आवश्यक सुधारको लागी सुझावको अपेक्षा सहित कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएका छन । आयोजक वुमन एक्टकी कार्यकारी अध्यक्ष श्रृजना अधिकारीले लैंगिक समानता र नेपालमा संविधानको बुझाई बारे जानकारी गराउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताइन । उनले ७ वटै प्रदेशमा यो कार्यक्रम आयोजना गरिएको जानकारी दिइन । विशेष गरी लैंगिक मुद्दाहरुलाई उठान गरी महिलाहरुको आर्थिक, सामाजिक समानता लगायतमा संस्थाले काम गर्ने गरेको उनले बताइन ।

त्यसै गरी महिला तथा बालबालिकाका मुद्दाहरुमा काूनन बनाउने कार्यमा समेत संस्थाले सहजीकरण गर्दै आएको छ ।

कार्यक्रममा रुपन्देहीमा क्रियाशिल रहेका मानवअधिकारकर्मी, सञ्चारकर्मी, कानून व्यवसायी तथा अन्य क्षेत्रका अगुवा गरी २० जनाको सहभागिता रहेको आयोजक इन्टरनेशनल आईडिआकी रीता राईले बताइन । कार्यक्रममा नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष एवम वरिष्ठ अधिवक्ता उषा मल्ल पाठक लगायतले सहजीकरण गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *