लायन्स र लियो युथको संयुक्त पदस्थापन

गौतमबुद्ध सन्देश
भैरहवा, २० असोज ।
लायन्स क्लब अफ सिद्धार्थनगर युथ, लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथ, लियो क्लब अफ सिद्धार्थनगर युथ र लियो क्लब अफ भलवारी युथको संयुक्त पदस्थापन समारोह कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगर युथ वर्ष २०१७÷१८ का अध्यक्ष धिरज कुमार मल्लिकले वर्ष २०१८÷१९ का अध्यक्ष विनय कसौधनलाई पद हस्तान्तरण गरेका थिए । त्यस्तै लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथ वर्ष २०१७÷१८ का अध्यक्ष सुधा कुंवरले वर्ष २०१८÷१९ का अध्यक्ष सावित्री राना मल्लिकलाई र लियो क्लब अफ भलवारी युथ वर्ष २०१७÷१८ का अध्यक्ष अर्जुनसिंह चौधरीले २०१८÷१९ का अध्यक्ष गोविन्द बञ्जाडेलाई पद हस्तान्तरण गरेका थिए । त्यसै गरी लियो क्लब अफ सिद्धार्थनगर युथ वर्ष २०१८÷१९ का कार्यवाहक अध्यक्ष विनय मिश्राले पदभार ग्रहण गरेका थिए ।

पदभार ग्रहण पश्चात क्लबका अध्यक्षहरुले लायन्सको मुल्य मान्यता अनुसार यस क्षेत्रको विकास र पछाडी परेको क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा ४ वटै क्लबका अध्यक्ष सहित पदाधिकारी तथा सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक गर्भनर एमजेफ सुनिल ओझाले सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा बौल्दै प्रमुख अतिथि लायन्स डिष्ट्रिक गर्भनर एमजेफ सुनिल ओझाले सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स र लियो क्लबले आफ्ना सामाजिक उत्तरदायित्वका कार्यहरुलाई निरन्तरता दिदैं जानुपर्नेमा जोड दिए । विशिष्ट अतिथि लायन्सका पाष्ट डिष्ट्रिक गभर्नर एमजेफ अरुण प्रताप राणाले लायन्स र लियो क्लबले गरेका सामाजिक कार्यहरुले महत्वपूर्ण भुमिका खेलेको बताउँदै आगामी दिनमा अझ क्रियाशिलताका साथ लाग्न आग्रह गरे ।

त्यस्तै लायन्स डिष्ट्रिक क्याबिनेट सेक्रेटरी उमंग देवकोटा, प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेय, लायन्स डिष्ट्रिक जोनचेयर पर्सन अर्चित श्रेष्ठ लगायतले बोल्दै सरकार नपुगेको कतिपय स्थानमा लायन्स र लियो क्लबले सामाजिक उत्तरदायित्वका कार्यहरु गरेको भन्दै प्रशंसा गरे । कार्यक्रममा वर्षभरी क्लबको विभिन्न कार्यक्रममा कार्यक्रम संयोजकको भुमिकामा रहेकाहरुलाई मायाको चिनोद्धारा सम्मान गरिएको थियो ।

कार्यक्रम संयोजक तथा लायन्स क्लब अफ सिद्धार्थनगर युथका निर्देशक संजोगराज तिवारीको स्वागत मन्तव्य तथा क्लबका वर्ष २०१७÷१८ का सचिव प्रशान्तमणि रामदाम र २०१८÷१९ का सचिव अनित कुमार गुप्ताको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *